बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुली उद्योग बाणिज्य संघले खरिद गरेका दमकल सिन्धुली आइपुग्यो

मंगलवार , चैत्र २७, २०८०

सिन्धुली –सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीले खरिद गरेको दमकल सोमवार सिन्धुली ल्याइएको छ । दमकल ल्याउने ठेक्का लिएको कम्पनीले इन्जिनियर सहित दमकल सोमवार विहान सिन्धुली ल्याई पु¥याएको उद्योग वाणिज्य संघ, सिन्धुलीका अध्यक्ष अर्जुन श्रेष्ठले बताउनुभयो ।

सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा सदरमुकाम सिन्धुलीमाढीमा २०७९ साल पुस ८ गतेदेखि १८ गतेसम्म १० दिने छैठौं सिन्धुली महोत्सको मुनाफा र सिन्धुलीका स्थानियतहको आर्थिक सहयोमाा दमकल खरिद गरिएको हो ।

आगलागी नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले खरिद गरिएको दमकल सोमवार सिन्धुलीमाडी खुल्लामञ्चमा परिक्षण गरिएको छ । हाल सदरमुकाम सिन्धुलीमाडीमा कमलामाई नगरपालिकासँग कम क्षमताको एउटा मात्रै दमकल रहेको थियो । सदरमुकाममा एउटा मात्र दमकल हुँदा गर्मी मौसममा हुने ठूला आगलागीका घटनाबाट हुने क्षति न्यूनिकरण गर्न समस्या भएका सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठको भनाई छ

नौ वटा स्थानीय तहमध्ये कमलामाई र दुधौली नगरपालिकामा मात्र दमकल छ । उद्योग बाणिज्य संघले खरिद गरिएको यस दमकलको पुरानो दमकलको क्षमता भन्दा बढी छ ।

दमकल खरिदको सम्पुर्ण आयब्यय बिबरण पत्रकार सम्मेलन मार्फत सार्बजनिक गर्ने र कमलामाई नगरपालीका लाई हस्तान्तरण गर्ने योजना रहेको जनाउदै संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले सोमबार बिहान मात्रै सिन्धुलीमाढी ल्याइएको दमकलको परिक्षण मात्रै अहिले गरिएको जानकारी दिनुभयो । ईन्जिनियर सहितको टोलीले चालक लगाएतका टोलीलाई केहि दिन दमकलको उपयोगका बारेमा तालिम दिएपछि मात्रै कमलामाई नगरपालिकालाई दमकल हस्तान्तरण गरिने अध्यक्ष श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया