बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा सवारी दुर्घटना हुँदा ४ जना घाइते

शनिवार , चैत्र २४, २०८०

सिन्धुली – सिन्धुलीको हरिरपुरगढी गाउँपालिका वडा नं.४ भुत्रेस्थित मदनभण्डारी राजमार्गमा शुक्रवार कार र मोटरसाइक एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ ४ जना घाई भएका छन ।

हेटौडाबाट सिन्धुलीतर्फ जादै गरेको बा १२ च ६४७४ नम्बरको कार र बिपरित दिशाबाट आउदै गरेको स. ९ प ३५२१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ कारचालक मकवानपुर हेटौंडा उप नगरपालिका वडा नं.८ बस्ने अन्दाजी बर्ष–३४ को ईश्वर पौडेल अवस्था सामान्य, मोटरसाइकल चालक सिन्धुली हरिहरपुरगढी गाउपालिका.वडा नं.६ बस्ने अंन्दाजी बर्ष–३४ को सोम बहादुर माझी (गम्भिर) , मोटरसाइकलको पछाडी सवार सोहीठाउ बस्ने बर्ष–३५ को दिल बहादुर माझी (मध्यम) र सोहीठाउ बस्ने बर्ष–१४ को निशान माझी (गम्भिर) रहेको प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

घाईते मध्ये कार पौडेललाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको र मोटरसाईकलमा सवार तिन जनालार्ई उपचारको लागी हेटौंडा स्थित चुरेहिल अस्पताल पठाएको प्रहरीले जानकारी दिएको छ । दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया