बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

पार्टीभित्रै ‘कु’ मा परे सांसद राजन

बिहिवार , चैत्र २२, २०८०

सिन्धुली– एक समय यस्तो थियो जब सिन्धुलीमा राजन भनेकै माओवादी र माओवादी भनेकै राजन भनेर परिभाषित गरिन्थ्यो । गुटबन्दिमा माहिर लेखनाथ दाहाल ‘राजन’ ले तल्लो तहदेखिनै मोर्चाबन्दि गरेको पार्टीका उपमहासचिव हरिबोल गजुरेलले सार्वजनिक कार्यक्रममै आरोप लगाउदैँ आएका छन् । २०७९ सालको प्रतिनिधिसभाको चुनावमा गजुरेललाई टिकट नदिई राजनलाईनै टिकट दिनुपर्ने भन्दै राजनले पार्टीभित्रै गुटबन्दि गरेर एक टोलिलाई पेरिसडाँडा लगेका थिए । अहिले भने परिस्थति बदलिएको छ । राजन प्रवृत्तिको विरुद्ध जिल्ला कमिटिमा आवाज उठ्न थालेपछि पालिकाको इन्चार्ज फेरबदल गरिएको छ । पार्टीको केन्द्रिय कार्यालयको निर्णय अनुसार एक पद, एक कार्यकारी जिम्मेवारी रहने गरि कार्यविभाजन गरेको नेतृत्वले बताएपनि राजनको गुटबन्दि अन्त्य गर्न जिल्ला कमिटिको जिम्मेवारी फेरबदल गरिएको श्रोतले बतायो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लेखनाथ दाहाल पार्टीभित्रै ‘कु’ मा परेको श्रोतले बताएको छ । विभिन्न तिक्डम लगाउदैँ उपमहासचिव हरिबोल गजुरेललाई पन्छाएर २०७९ सालको प्रतिनिधिसभाको चुनावमा टिकट पाएका राजन ‘कु’ मा परेका हुन् । गत मंगलबार पार्टीको जिल्ला कमिटि बैठकले दाहालको इच्छा विपरित सचिव र पालिकाको जिम्मेवारी फेरबदल गरेपछि पार्टीभित्रै राजन कमजोर भएको अड्लबाजि गरिएको छ । राजनको संरक्षकत्व पाएका हरिहरपुरगढी गाउँपालिकाको अध्यक्ष बज्रध्वज वाइबालाई पनि पछिल्लो बिबादास्पद घटनाकोबारे पार्टीले स्पष्टीकरण सोधिसकेको उनलार्ई कार्बाही गर्ने तयारी गरेको माओवादी केन्द्रका नेताले बताए । राजनले संरक्षण गरेका नेताहरु विवादमा पर्दै गएपछि राजन कमजोर बनेको एक नेताले बताए ।

जिल्ला इन्चार्जबाट पदमुक्त भएपछि जिल्ला पार्टी कार्यालयको कार्यकक्षमा पुर्व इन्चार्ज र वर्तमान इन्चार्ज वसन्त माझीको दुईवटा नेमप्लेट राखेको दृश्यले राजनमा छट्पटि भएको बुझ्न सकिन्छ । जिल्लामा माओवादी पार्टीलाई व्यक्ति केन्द्रित बनाउन राजनले अनेकौँ खेल खेल्ने गरेको ती नेतले बताए । उनले भने, ‘हरिबोल गजुरेल पार्टी कार्यालयमा आउँदा राजनले सरसफाई गरेका थिए । त्यस्तै, वसन्त माझी इन्चार्जमा पदस्थापन हुदैँ गर्दा सामाजिक संजालमा राजन स्वयंले पार्टी कार्यालय पुछा लगाएर सफा गरेको दृश्य फेसबुकमा भाइरलनै भएको थियो ।’

गत मंगलबार बसेको जिल्ला कमिटिको बैठकमा पार्टीको संयोजकमा पानीराज बम्जनलाई हटाउने प्रस्ताव राजनले गरेका थिए । तर, अन्य नेता तथा कार्यकर्ता रुष्ट भएपछि राजन पछि हटेको श्रोतले बतायो । त्यस्तै, पार्टीको सचिवमा राजनको इच्छा विपरित गोलन्जोर गाउँपालिकाको इन्चार्ज पुकार न्यौपानैलाई हटाएर विनोद विकलाई नियुक्ति गरेपछि कार्यालयमा चर्काचर्कि परेको एक नेताले बताए । उनले भने, ‘राजनलाई समर्थन गर्ने नेताहरु पालिकाको जिम्मेवारीबाट हटाइएपछि राजनमा उकुसमुकुस देखिएको छ ।’

जिल्ला कमिटिले गोलन्जोर गाउँपालिकाको इन्चार्जमा केश लोहनी (भिषण), सुनकोशी गाउँपालिकामा राजन पत्नि दिपा दाहाललाइ हटाएर भेषराज दाहाल, हरिहरपुरगढीमा ज्ञान बहादुर राई, कमलामाई नगरपालिकामा यम कुमार देवकोटा, मरिणमा पदम अस्थानी मगर (शरण), घ्याङलेकमा इन्दिरा काफ्ले, फिक्कलामा विक्रम सुनुवार, तिनपाटनमा जानुका तिमल्सिना र दुधौलीमा घनश्याम बस्नेतलाई इन्चार्जमा नियुक्ति गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया