बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

एमाले सल्यानको उपसचिवमा देवकोटाको उम्मेद्वारी

बिहिवार , चैत्र २२, २०८०

सल्यान– नेकपा एमाले सल्यानको उपसचिवमा महेश देवकोटाले स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गर्नुभएको छ । १० औँ जिल्ला अधिवेशन अन्तर्गत सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि देवकोटाले स्वतन्त्रबाट उपसचिवमा उम्मेद्वारी दिनुभएको हो । चैत्र १८ गते देखि सुरुभएको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि कुल बहादुर गिरी र भिम बहादुर सेनको प्यानलसहित स्वतन्त्र उम्मेद्वारबिच चुनावि प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा कुल बहादुर गिरी र भिम बहादुर सेनको उम्मेदवारी दर्ता भएको छ । यस्तै, उपाध्यक्षमा गिरी प्यानलबाट दान बहादुर केसी र सेन प्यानलबाट ओज बहादुर बुढाथोकीको उम्मेदवारी दर्ता भएको छ । सचिवमा गीरी प्यानलबाट दिपेन्द्र प्रकाश डिसी र सेनबाट पुस्पा कुमारी बोहराबिच प्रतिस्पर्धा हुने भएको छ । उप–सचिवमा भने पाँचजनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन कमिटिले जानकारी दिएको छ । उपसचिवमा गीरी प्यानलबाट गञ्जमान बुढा, बुद्धा कुमारी खत्री र सेनबाट गनेश मान सिंह र सनसिल्ता वली डिसीको उम्मेदवारी परेको छ । दुबै टिमलाई मिलाएर लामो समयदेखि सर्बसम्मत गराउन लागि परेका पुराना नेता महेश देवकोटाले उप–सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।।

२०५२ साल देखि पार्टी गतिविधिमा सक्रिय रहनुभएका देवकोटाले अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो । झण्डै तीन दशकदेखि राजनितिमा सक्रिय देवकोटाले गुटगत राजनितीको अन्त्य र इमान्दार, सक्षम कार्यकर्ताको मुल्यांकन गर्न आफूले उम्मेद्वारी दिएको बताउनुभयो । आज बिहान ११ बजेदेखी मतदानको हुने निर्वाचन कमिटिले जनाएको छ । चैत १८ गते उद्घाटन भएको एमाले सल्यानको दशौँ जिल्ला अधिबेशन आन्तरिक किचलोको कारण चारदिन पछि मात्रै निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ । उनी पार्टीको इमानदार कार्यकर्ताको रुपमा चिनिन्छ्न । अहिलेसम्म पार्टिबाट प्राप्त हुने लाभका पद नलिएका देवकोटाले भन्नुभयो, ‘कार्यकर्ताले मेरो उम्मेद्वारीलाई अनुमोदन गर्ने छ्न ।’

सम्बन्धित विषय:

प्रतिक्रिया