सिन्धुली – ईलाका प्रहरी कार्यालय भिमानबाट वि.पि. राजमार्गमा खटिएको प्रहरी टोलीले कमलामाई नगरपालिका–९ भिमान चेकपोष्टबाट लागू औषधसहित तिन व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले सुनसरी बाट काठमाडौँ तर्फ जादै गरेको बा.प्र ०१–०२८ च ३६१२ न. को कारलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त कारको अगाडिको सिट भित्र लागु औषध खैरो हेरोइन ४५ ग्राम लुकाई छिपाई राखि ल्याएको अवस्थामा फेला पारी,उक्त लागु औषध,कार र निम्न स्थान बस्ने तिनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकोछ ।
पक्राउपर्नेमा कार चालक रामेछाप दोरम्बा गाउपालिका– २ बस्ने बर्ष २० को सुबोध श्रेष्ठ,दोलखा मेलुङ गाउपाकिा. –४ बस्ने बर्ष २५ को रुपेश थोकर तामाङ र काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका– ९ बस्ने बर्ष २८ को सुरेश भन्ने भिम बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी निरीक्षक केशब कुमार कटवालले जानकारी दिनुभयो । उनिहरु माथी आवश्यक अनुसन्धान भई रहेको कटवालले बताउनुभयो ।