सिन्धुली –सिन्धुलीका नौँ स्थानिय तहले आगामी २०८१/८२ बजेटमा ९५ करोड १५ लाख समानीकरण अनुदान पाउने भएका छन् । नेपाल सरकारबाट हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान रकम स्थानीय तहले आफैँ बजेट बनाएर प्राथमिकताका आधारमा खर्च गर्न सक्नेछन् । अनुदान सिफारिस गर्दा न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदान गरेर तीनवटा शीर्षकमा विभाजन गरिएको छ ।
सिन्धुलीका दुई नगरपालिका र सात गाउँपालिका मध्ये सबैभन्दा धेरै कमलामाई नगरपालिकाले पाउने भएको छ । कमलामाई नगरपालिकाले १६ करोड ७२ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको हो । न्यूनतम अनुदान चार करोड ५० लाख, सूत्रमा आधारित अनुदान ११ करोड ७४ लाख र कार्यसम्पादनमा आधारित अनुदान ४८ लाख पाउने भएका छन् ।
त्यसैगरी, दुधौली नगरपालिकाले १६ करोड २ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ जसमा न्यूनतम अनुदान ४ करोड ५० लाख, सूत्रमा आधारित अनुदान १० करोड ९१ लाख र कार्यसम्पादनमा आधारित अनुदान ६१ लाख छ ।
फिक्कल गाउँपालिकाले सात करोड ९२ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । पालिकाले न्यूनतम अनुदान तीन करोड, सूत्रमा आधारित अनुदान चार करोड ३४ लाख र कार्यसम्पादनमा आधारित अनुदान ५८ लाख पाउने छन् । तीनपाटन गाउँपालिकाले ११ करोड ४९ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । पालिकाले न्यूनतम अनुदान तीन करोड ५० लाख, सूत्रमा आधारित अनुदान ६७ करोड ५९ लाख र कार्यसम्पादनमा आधारित अनुदान ४० लाख पाउने भएको छ । गोलन्जोर गाउँपालिकाले आठ करोड ३३ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । गोलन्जोरले न्यूनतम अनुदान तीन करोड, सूत्रमा आधारित अनुदान चार करोड ९३ लाख र कार्यसम्पादनमा आधारित अनुदान ४० लाख पाउने भएको छ ।
यसैगरी, सुनकोशी गाउँपालिकाले आठ करोड ३३ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । पालिकाले न्यूनतम अनुदान तीन करोड, सूत्रमा आधारित अनुदान पाँच करोड ३९ लाख र कार्यसम्पादनमा आधारित अनुदान ४४ लाख पाउने छ । घ्याङलेख गाउँपालिकाले छ करोड ९५ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । पालिकाले न्यूनतम अनुदान रु तीन करोड, सूत्रमा आधारित अनुदान तीन करोड ५४ लाख र कार्यसम्पादनमा आधारित अनुदान ४१ लाख पाउने भएको छ ।
यस्तै, मरिण गाउँपालिकाले ९ करोड ७७ लाख वित्तिय समानीकरण अुनदान रकम पाउने भएको छ । पालिकाले न्यूनतम अनुदान ३ करोड २५ लाख, सुत्रमा आधारित अनुदान ५ करोड ९४ लाख र कार्य सम्पादनमा आधारित अनुदान ५८ लाख पाउने भएको छ । हरिहरपुगढी गाउँपालिकाले ९ करोड ६२ लाख वित्तिय समानीकरण अुदान रकम पाउने भएको छ । पालिकाले न्यूनतम अनुदान ३ करोड २५ लाख, सुत्रको आधारमा पाउने अनुदान ५ करोड ८८ लाख र कार्य सम्पादनको आधारमा ४९ लाख पाउने भएको छ ।
अनुदानसँगै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि निर्धारण गर्ने बजेट वृद्धि हुने भएको छ । सङ्घीय सञ्चित कोषबाट सरकारले प्रदेश र स्थानीय तहलाई उनीहरुको खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अनुदान तय गरी सिफारिस गर्ने जिम्मेवारी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हो ।