बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा कलवार जातिलाई एकजुट बनाउन जैसवालको सक्रियता

बुधवार , चैत्र १४, २०८०

सिन्धुली– सिन्धुलीमा स्थायी बसोबास गर्दै आएका कलवार जातिलाई एकजुट बनाउन यहाँका युवाहरु संगठित भएका छन् । जिल्लामा विभिन्न व्यापार, व्यवसायमा आबद्ध रहेका कलवार जातिलाई एक्यबद्ध गराउन कमलामाई नगरपालिका ५ का २१ वर्षिय धिरज जैसवाल लगायत युवाहरुको टोलीले सक्रियता बढाएका छन् । स्नातक अध्ययनसँगै व्यवसायमा रमाईरहनुभएका जैसवालले यहाँका कलवार जाति एकजुट हुनुपर्ने बताउनुहुन्छ । गत चैत्र ६ गते कलवार कल्याण समिति गठन गर्दै जिल्लाका कलवार जाती एकजुट भएको संदेश दिन चाहेको समितिका सह सचिव समेत रहनुभएका धिरज जैसवालले बताउनुभयो । श्रिचन चौधरीको अध्यक्षतामा गठन भएको २४९ सदस्यीय समितिले सामाजिक कार्यसँगै कलवार जातीको उत्थानकालागि काम गर्ने जैसवालले बताउनुभयो ।

समितिको विधानमा उल्लेख भएबमोजिम साधारण सदस्य चन्देश्वर चौधरी (विनोद) को निधन पश्चात ११ हजार रुपैँया क्रिया खर्च मृतकको परिवारलाई सहयोग गरेको सचिव जैसवालले जानकारी दिनुभयो । त्यस्तै, समितिका सदस्य वा परिवारका सदस्यको दुर्घटना भए २५ देखि ५० हजार आर्थिक सहयोग गरिने जैसवालले बताउनुभयो । त्यसैगरि, उक्त समितिले कलवार जातिको मात्र नभएर समग्र जिल्लाको समृद्धि र विकासमा महत्वपुर्ण योग्दान गर्नेमा जैसवाल विश्वसत हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘सिन्धुलीमा कुल जनसंख्याको ५ प्रतिशत कलवार जातिको बसोबास छ । तर, हामी एक्यबद्ध छैनौँ । समिति गठन भएसँगै सिन्धुलीमा कलवार जातिहरु एक्यबद्ध भएको सन्देश गएको छ ।’ भित्रि मधेसमा रहेको सिन्धुलीमा मधेसीहरुको जनसंख्या ठूलो भएपनि मधेसीहरुलाई विभिन्न आरोप लाग्दै आएको जैसवालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जातियताको नाममा भेदभावले जिल्लाको बदनाम हुन्छ । हामी सबै नेपाली हौँ र एकजुट भएर हामीले सिन्धुलीको विकासमा आआफ्नो भुमिका निभाउनुपर्छ ।’

कलवार समितिका सचिव समेत रहनुभएका युवा इन्जिनियर अम्बरदिप चौधरीले कलवार जाति एकजुट हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘समिति गठन भएपछि भाईचारा बढ्छ । जिल्लाको समग्र विकासमा कलवार जातिको एक्यबद्धताले महत्वपुर्ण योग्दान गर्नसक्छ ।’

 

सम्बन्धित विषय:

प्रतिक्रिया