सिन्धुली – मरिण गाउँपालिका वडा नं. ६ हस्पिटलचौक स्थित नमोबुद्ध मोटरसाईकल वर्कशपमा सोमवार दिउसो ४ बजे मोटरसाईकलको ट्यांकी निकाली उक्त ट्यांककी सफा गर्ने क्रममा ट्यांकी पडकियर एक्कासी आगलागी हुँदा एक जना जना घाइते भएकाछन् ।
मरिण गाउँपालिका वडा नं. ६ बस्ने सुर्यबहादुर गोलेको मोटरसाईकल वर्कशपमा काम गर्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका.७ पंन्थचौरी बस्ने बर्ष अन्दाजी २० को अजय कुमार घिसिङको शरीरमा आगो लागि भई घाईते भएको र घाईतेको शरीरको सम्पुर्ण भागको छाला पोलेको,अबस्था गम्भिर भएको जिल्ला बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।
घाईतेको आफन्तले प्रहरीलाई खबर गरेपछि घटनास्थल पुगी प्राथामिक स्वाथ्यकेन्द्र कपिलाकोटमा लगि उपचार गराई थप उपचारको लागि किर्तिपुर्र लागिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी राखिएको जनाइएको छ ।