सिन्धुली– ग्लोबल मनि विक २०२४ (विश्व वित्तिय सप्ताह) अवसरमा सेन्ट्रल फाइनान्स लिमिटेड शाखा कार्यालय डकाहाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वित्तिय सप्ताहको अवसरमा किशोर तथा युवामा वित्तिय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्धेश्यले जिल्लाको दुधौली नगरपालिका ४ नम्बर वडास्थित सरस्वती क्याम्पस डकाहामा स्नातक अध्ययनरत विद्यार्थीहरुलाई वित्तिय साक्षरता सम्बन्धि जानकारी दिइएको सेन्ट्रल फाइनान्स लिमिटेड शाखा कार्यालय डकाहाका प्रमुख दिपेश पाण्डेले बताउनुभयो । हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिएको विश्व वित्तिय सप्ताह (ग्लोवल मनि विक २०२४) को अवसरमा आफूहरुले पहिलो पटक वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको बताउँदै उहाँले यसले विद्यार्थीमा बचत गर्ने बानीको विकास गर्न मद्धत पुग्ने जनाउनुभयो ।
सो कार्यक्रमबाट युवा अवस्था देखीनै पैसा बुद्धिमानीपूर्वक व्यवस्थापन गर्न सिक्न, यसले भविष्यको लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पुर्योउन मद्धत गर्ने उहाँको भनाइ छ । किशोररकिशोरी तथा युवारयुवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तिय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तिय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।
उक्त वित्तिय साक्षरता कार्यक्रममा सरस्वती क्याम्पसका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सेन्ट्रल फाइनान्स लिमिटेड शाखा कार्यालय डकाहाका प्रमुख दिपेश पाण्डे, रिलेसनसिप म्यानेजर आनन्द काफ्ले, नर्मिना श्रेष्ठ, तारादेवि काफ्ले, सिप्रदा अधिकारी लगायतको उपस्थिति रहेको थियो ।