बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा स्कुटी दुर्घटना,दुई जना घाईते

शनिवार , चैत्र १०, २०८०

सिन्धुली – सिन्धुलीकोे मदन भण्डारी राजमार्गमा अन्तरगत दुधौली नगरपालिका वडा नं.–५ तलखा पुलमा स्कुटकी आफै अनियन्त्रित भई सडकमा पल्टि दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

हर्षाहीबाट दुधौली तर्फ जादै गरेको वनटेस्ट स्कुटी शुक्रवार दिउसो दुर्घटना हुँदा स्कुटी चालक दुधौली नगरपालिका वडा नं.६ हर्षाही बस्ने अन्दाजी वर्ष २१ को राजेश कुमर दनुवार र सोही स्कुटीमा पछाडि सवार सोही ठाउँ निवासी वर्ष १७ को रुपेश सदा घाइते भएको बागमति प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

घाइते मध्ये स्कुटी पछाडी सवार सदाको कान र नाक बाट रगत बगिरहेको अबस्था गम्भिर नबोल्ने अवस्थमा रह्कोले थप उपचारको लागि जनसेवा हस्पिटल बर्दिवास पठाइएको र अर्का घाईते स्कुटी चालक दनुवारको टाउको,नाक, दाया हातमा चोट भएको अवस्था मध्यम रहेको सिर्थौली नगर हस्पिटलमा उपचार भई रहेको प्रहरीले जनाएकोछ ।

स्कुटी प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भई रहेको र चालकको कागजपत्र साथमा नभएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया