सिन्धुली – सिन्धुलीमा लागु औषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका ९ भिमानबाट लागु औषध सहित एक जना पक्राउ परेको जिल्ला प्रहरीकार्यालय सिन्धुलीले जनाएको छ ।
पक्राउ पर्नेमा धनुषा शहिदनगर नगरपालिका ३ का २० वर्षीय सन्तोष कुमार यादव रहेका छन् । यादवालाई बिहीबार वि.पी. राजमार्गमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट खटिएको प्रहरी टोलीले सवारी चेक जाँच गर्ने क्रममा लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी निरीक्षक केशव कुमार कटवालले जानकारी दिनुभयो ।
जनकपुर बाट काठमाडौँ तर्फ जाँदै गरेको बा ४ ख ६६९४ नं. को हाईस गाडीलाई चेकजाँच गर्ने क्रममा सन्तोषको साथबाट नाइट्राभेट १० लेखिएको ४० पत्ता, प्रत्येक पत्तामा ३० वटा ट्याब्लेटको दरले जम्मा १ हजार २०० ट्याब्लेट बरामद गरिएको उहाँले जानकारी दिनुभयो । यादवलाई पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।