सिन्धुली– सिन्धुलीमा आज (आइतबार) रुख काट्ने क्रममा हाँगा उछिटिएर लाग्दा एकजनाको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका १ तिनतले पाखामा ३२ वर्षिय लोक नारायण श्रेष्ठको मृत्यु भएको हो । घागरठाकुर सामुदायिक बनमा चिलाउनेको रुख काट्ने क्रममा कमलामाई नगरपालिका ५ सिलामे बस्ने श्रेष्ठको टाउकोमा रुखको हाँगा उछिट्टिएर लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवि दाहालले बताउनुभयो । ठेक्का लागेको वनमा रुख काट्नेक्रममा हाँगाले लागेर श्रेष्ठको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुशन्धान भईरहेको दाहालले बताउनुभयो ।
