सिन्धुली– नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेपनि क्रिकेटको विकास हुन सकिरहेको छैन । सिन्धुलीमा क्रिकेटको क्रेज बढ्दै गएपनि यहाँको नेतृत्वले क्रिकेटलाई नजरअन्दाज गरेको अवस्था छ । क्रिकेटमा नेपालले ठुलो सफलता हाँसिल गर्दै छ, त्यसलाई निरन्तरता दिनका लागि पनि तल्लो तहमा खेलाडी उत्पादन हुन जरुरी छ । तर, यहाँका स्थानिय सरकार, नेपाल क्रिकेट संघ जिल्ला कमिटि, खेलकुद संघ, संस्था लगायत सरोकारवाला निकायले क्रिकेट खेललाई प्राथमिकता नदिएको खेलाडीहरुले गुनासो गरेका छन् । सरकारी निकाय उदासिन भएपनि सिन्धुलीको कमलामाई नगरपालिका ९ मा रहेको भिमान युवा क्लबले भने क्रिकेटको विकासमा निरन्तर सक्रिय भएर अघि बढिरहेको छ ।
भिमान युवा क्लबले विभिन्न समयमा मैत्रिपुर्ण क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ । शनिबार ‘विकास अनुशासन र गतिशिलताको मुल आधार क्रीकेट’ भन्ने नाराका सिन्धुलि र भिमानबिच मैत्रीपुर्ण क्रिकेट खेल सम्पन्न भएको क्लबका सदस्य अर्पण थापाले बताउनुभयो । उक्त खेलमा सिन्धुली बीजयी भएको छ । जनजागृती माध्यमिक विद्यालयको मैदानमा भएको मैत्रीपूर्ण खेलमा सिन्धुलीले ७७ रनले भिमानलाई पराजित गरेको छ । निर्धारित २०/२० ओभरको खेलमा भीमानले टस जितेर पहिला बलिङ रोजेको थियो । सिन्धुलीले ९ विकेट गुमाउदै १६९ को बिशाल लक्ष्य दिएकोमा भिमान युवा क्लबले जम्मा १८ ओवर २ बलमा ९२ अल आउट भयो । सिन्धुलीको जितको लागि निर्दोष तामाङले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । तामाङले ३ चौका र ६ छक्का सहित कुल ५३ रन बनाउन सफल भए । तामाङ तामांग म्यान अफ द म्याच घोषित भएका थिए ।
त्यस्तै, यसअघिपनि भिमान युवा क्लबले दुधौली र भिमानबिच मैत्रीपुर्ण क्रिकेट खेलको आयोजना गरेको थियो । क्लबबाटै पैसा खर्च गरेर क्रिकेट खेल आयोजना गरिएको थापाले बताउनुयो ।