बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीकि १९ वर्षिय किशोरीको शव जंगलमा फेला

शुक्रवार , चैत्र २, २०८०

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका १ बेलटार कि एक किशोरीको शव काठमाडौँमा फेला परेको छ । काठमाडौँको पशुपतिनजिक जंगलमा १९ वर्षिय किशोरीको शव भेटिएको गौशाला प्रहरी वृत्तले जनाएको छ । गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव आज विहान भेटिएको गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेले बताउनुभयो । शुक्रबार बिहान मर्निङवाक गर्न जानेहरुले रुखमा झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । थेवेका अनुसार प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको हुनसक्ने देखिएको छ । थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

सुस्मिता केही दिनदेखि हराइरहेकी थिइन् । सिन्धुली घर भएकी उनी बालुवाखानी, कपनमा बस्ने गर्थिन् । उनी केहीदिन अघि भक्तपुर आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी थिइन् । आफन्तले उनी हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमा अपिल गरेका थिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया