बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा बम विष्फोट

शुक्रवार , चैत्र २, २०८०

सिन्धुली– सिन्धुलीमा शुुक्रबार बिहान ३ बजेको समयमा कुकर बम विष्फोट भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका वडा नं.१ दुम्जा डाँडा स्थित वि.पि.पार्कमा नेपाल टेलिकमको टावर नजिक कुकर बम बिष्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

नेपाल टेलिकम (NTC) को टावरमा केही पड्कीएको जस्तो आवाज आएको स्थानियले बताएका छन् । स्थानियले खबर गरेपछि घट्नास्थलमा पुगेको प्रहरी चौकी कुशेश्वर दुम्जाको टोलीले कुकर बम पड्किएको पुष्टि गरेको छ । नेपाल टेलिकमको टावर कम्पाउण्ड भित्र रहेको पक्की घरको झ्यालमा अपरिचित समुहले कुकर बम पड्काएको डिसपि दाहालले बताउनुभयो ।

उक्त कुकरको बिर्को टावर कम्पाउण्ड भित्र रहेको पक्की घरको झ्यालमा अड्किएको, कुकरको भाग भुईँमा रहेको, नजिकै दुईवटा पेट्रोलको गन्ध आउने खाली बोतल र पिपल लिब्रेसन आर्मी PEOPLE LIBERATION ARMY जनमुक्ति सेना नामक पर्चा पम्प्लेट समेत फेला परेको डिएसपि दाहालले जानकारी दिनुभयो । उक्त बिष्फोटबाट टावरमा क्षति नभएको तर भवनको झ्यालको भागमा सामान्य क्षति पुगेको डिएसपि दाहालले बताउनुभयो । घटनामा संम्लग्न अपरिचित व्यक्तिहरुको खोज तलास कार्य तथा थप अनसुन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया