बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा एक महिलाको शव फेला

बिहिवार , फाल्गुण २४, २०८०

सिन्धुली – सिन्धुलीमा एक जना महिलाको शव फेला परेको छ । तीनपाटन नगरपालिका–४ बालाजोरगाउँमा सोही ठाउँकी ४२ वर्षीय खडकमाया भुजेलको शव फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार राति साढे ९ बजे पाखाबारीमा शव फेला परेको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा खडकमाया गत २० गतेदेखि बेपत्ता भएको खुलेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया