सिन्धुली – गत सोमबार नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतको गठबन्धन एक्कासी भत्किएर नयाँ समीकरण बनेपछि सिन्धुलीको क्षेत्र नम्बर २ का सांसद लेखनाथ दाहाल ‘राजन’ लाई अग्रिम बधाईको अोइरो आयो ।
सोमबारदेखि दुई दिनसम्म सांसद राजनलाई सामाजिक संजालमा भावि मन्त्री भन्दै बधाईले समाजिक सञ्जाल भरिए । यतिमात्र नभएर राजन निकट माओवादी केन्द्रका कार्यकर्ताले पुर्वको रोल्पाले न्याय पाउनुपर्छ भन्दै सामाजिक संजालमा अनौपचारिक अभियाननै चलाए । यतिसम्मकि पत्रकारदेखि जनप्रतिनिधिले मन्त्रालयनै तोकेर सांसद दाहाल मन्त्री हुनलागेको भन्दै सामाजिक संजाल रंगाए । तर, सांसद राजनले मन्त्री नपाएपछि सामाजिक संजाल पुनः राजनमय भएको छ । मन्त्रिमण्डल गठन अघि बधाईले भरिएको सामाजिक संजाल अहिले व्यंग्य र कटाक्षले भरिएको छ । सांसद राजनलाई बधाई दिने कार्यकर्तालाई सामाजिक संजालमा ‘उडाईएको’ छ ।
‘कार्यनीति २४ घण्टामा तीन पटकसम्म बदलिन सक्छः लेनिन’
मन्त्रीमण्डलले पूर्णता पाउने दिन बुधबारसम्म मन्त्रीकालागि अनावश्यक बधाई खाइरहनुभएका सिन्धुलीका संसाद दाहालले नयाँ सत्ता समिकरण हुँदा लेनिनको शब्दवाणी फेसबुको भित्तामा लेख्नुभएको थियो । सांसद दाहाललाई नयाँ मन्त्रीमण्डलमा सामेल नदेखिएको अवस्थालाई व्यंग्य गर्दै २४ घण्टामा परिस्थिति फेरिएको भन्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले उनकै स्ट्याट्स कपि गरेर पोष्ट गरेका छन् । धेरैजसो प्रयोगकर्ताले प्रचण्डको सरकारमा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज राजन मन्त्री नभएपनि फेसबुके मन्त्री भएको भन्दै कटाक्ष र हाँसीमजाक गरेका छन् ।