सिन्धुली – संघीय र प्रदेश सरकार अन्तरगत जिल्लामा रहेका कार्यालयहरुको अर्धबार्षिक समिक्षा कार्यक्रम बुधबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिती सिन्धुलीको आयोजनामा चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम अर्धबार्षिक अबधीमा सम्पन्न तथा कार्यान्वयनको चरणमा रहेको कार्यक्रमहरुको अर्धबार्षिक प्रगती समीक्षा सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०८०/०८१ को प्रथम अर्धबार्षिक अबधीमा सम्पन्न तथा कार्यान्वयनको चरणमा रहेको कार्यक्रमहरुको जिल्ला स्थित कार्यालयहरुको बजेट तथा कार्यान्वयनको अवस्थाबारे सम्बन्धित कार्यालयहरुले प्रगती समीक्षा कार्यक्रम मार्फत जानकारी गराएका हुन ।
जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख कारसाङ्ग लामाको अध्यक्षता तथा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
बिगत ६ महिनाको प्रगती समिक्षामा सन्तोषजनक उपलब्धि हासिल हुन नसक्दा बिकास प्रभावित बनेको भन्दै बाकी अबधिमा निर्धारित लक्ष्य प्राप्त हुने गरि कार्य सम्पादनमा जुट्न कार्यक्रमका प्रमुख अतिथी आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले आग्रह गर्नुभयो ।
कतिपय बहुबर्षिय र राष्ट्रिय गौरवका आयोजनामा निर्माण कम्पनीको लापरबाही ,आयोजनामा हुने बजेट रकमान्तर र बजेट कटौतिका कारण रकम अभाव हुने मुख्य समस्या रहेको समिक्षा कार्यक्रम मार्फत औंल्याइएको छ ।
खासगरी पालिकाहरुमा बेरुजु मुख्य समस्या देखिनु चिन्ताजनक भएको भन्दै प्रचारमुखी काम भन्दा जनहितकारी काममा स्थानिय तह केन्द्रित हुन मन्त्री श्रेष्ठले आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समिति, सिन्धुलीको वार्षिक कार्यक्रमअनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम अर्ध–वार्षिक अवधीमा सम्पन्न तथा कार्यान्वयनको चरणमा रहेको कार्यक्रमहरुकोे अवस्थाबारे जिल्लाका २२ वटा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले प्रकाश पारेका थिए । उक्त कार्यालयहरुको अर्ध–वार्षिक प्रगति सन्तोषजनक नपाईएकाले कार्य सम्पादलाई थप सुधार गरेर अगाडी बढ्न निर्देशन दिइएको छ ।
प्रगति समिक्षा कार्यक्रममा बागमति प्रदेश सभा सदस्यहरु मात्रिका प्रसाद भट्टराई, रामकुमार पहाडी, सुष्पा भुजेल, प्रमुख जिल्ला अधिकारी भरत खनाल लगायतको उपस्थिति थियो ।