सिन्धुली– नौँवटा स्थानिय तह रहेको सिन्धुलीमा केन्द्र सरकारले अनुदानबापत झण्डै तीन अर्ब रुपैँया निकासा गरेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) सिन्धुलीको तथ्यांक अनुसार केन्द्र सरकारबाट जिल्लाका नौँवटा स्थानिय तहले फाल्गुनको २२ गतेसम्म दुई अर्ब ७३ करोड ७९ लाख ३७ हजार चार सय ५२ बढि रुपैँया प्राप्त गरेके छ ।
संघीय सरकारले कमलामाई नगरपालिकालाई समानिकरण अनुदानवापत नौँ करोड १५ लाख ६८ हजार चार सय ९७, सशर्त (चालु) अनुदान वापत ३९ करोड ४९ लाख ८७ हजार दई सय ५०, विशेष (पुजिगत) अनुदान वापत चार करोड २० लाख, समपुरक अनुदानवापत एक करोड ९१ लाख २५ हजार र सशर्त (पुजिगत) अनुदानवापत ३३ लाख ७५ हजार गरि कुल ५५ करोड ४९ लाख पाच हजार ७४७ रुपैँया निकासा गरेको कोलेनिका सिन्धुलीका सूचना अधिकारी जगदिश खनालले बताउनुभयो ।
त्यस्तै, दुधौली नगरपालिकाले समानिकरण अनुदानवापत आठ करोड ७५ लाख ५५ हजार ७५७, सशर्त (चालु) अनुदान वापत ३३ करोड ३० लाख २८ हजार ५००, सशर्त (पुजिगत) अनुदान वापत दुई करोड ४७ लाख ५० हजार, विशेष (पुजिगत) अनुदान वापत ६० लाख, समपुरक अनुदानवापत एक करोड ३७ लाख ५० हजार गरि जम्मा ४५ करोड ५० लाख ८४ हजार २५७ रुपैँया संघीय सरकारबाट प्राप्त गरेको छ ।
त्यसैगरि, गाउँपालिकातर्फ जिल्लाका सातवटा गाउँपालिकाले संघीय अनुदानवापत एक अर्ब ७२ करोड ७९ लाख ४७ हजार ४४८ रुपैँया प्राप्त गरेको छ । जसअन्तर्गत, संघीय सरकारले हरिहरपुरगढी गाउँपालिकालाई २१ करोड ५८ लाख ४७ हजार ५९५, गोलन्जोर गाउँपालिकालाई २५ करोड ४४ लाख ८७ हजार ५००, फिक्कल गाउँपालिकालाई २३ करोड ८४ लाख ४३ हजार २८०, घ्याङलेख गाउँपालिकालाई १६ करोड एक लाख ७३ हजार ४८२, तीनपाटन गाउँपालिकालाई ३७ करोड ४० लाख ७६ हजार ७४७, मरिणलाई २३ करोड नौँ लाख ६२ हजार ८९७ र सुनकोशी गाउँपालिकालाई २५ करोड ३९ लाख ५५ हजार ९४७ रुपैँया निकासा गरेको छ ।
प्रदेश सरकारबाट झण्डै ३९ करोड अनुदान
सिन्धुलीका दुईवटा नगरपालिका र सातवटा गाउँपालिकाले प्रदेश सरकारबाट ३८ करोड ७४ लाख ७५ हजार २५० रुपैँया अनुदान प्राप्त गरेको छ । सात महिनाको अवधिमा बागमती प्रदेश सरकारले कमलामाई नगरपालिकालाई समानिकरण अनुदानवापत एक करोड ३१ लाख ६७ हजार, सशर्त अनुदान (चालु) वापत एक करोड ४५ लाख ७२ हजार पाच सय निकासा गरेको छ । त्यस्तै, प्रदेश सरकारले दुधौली नगरपालिकालाई समानिकरण अनुदानवापत एक करोड २३ लाख ४१ हजार २५०, सशर्त अनुदान (चालु) वापत एक करोड ८४ लाख ८१ हजार पाच सय, विशेष अनुदानवापत ७५ लाख ५० हजार, समपुरक अनुदान वापत दुई करोड २५ लाख , सशर्त अनुदान (पुँजीगत) वापत ३३ लाख ७५ हजार गरि जम्मा छ करोड ४१ लाख ९७ हजार ७५० रुपैँया निकासा गरेको छ ।
गाउँपालिकातर्फ हरिहरपुरगढी गाउँपालिकाले जम्मा दुई करोड ४८ लाख ५४ हजार २५०, गोलन्जोर गाउँपालिकाले जम्मा दुई करोड ५८ लाख ३९ हजार ५००, फिक्कल गाउँपालिकाले जम्मा चार करोड ३५ लाख ११ हजार २५०, घ्याङलेख गाउँपालिकाले जम्मा तीन करोड ६८ लाख ८० हजार ५००, तीनपाटन गाउँपालिकाले जम्मा पाँच करोड २८ लाख ५९ हजार २५०, मरिण गाउँपालिकाले तीन करोड ९१ लाख ६८ हजार ७५० र सुनकोशी गाउँपालिकाले चार करोड १६ लाख ७४ हजार ५०० रुपैँया अनुदान वापत प्रदेश सरकारले निकासा गरेको कोलेनिकाको सूचना अधिकारी खनालले जानकारी दिनुभयो ।