बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीका प्रहरी प्रमुख शर्माको स्वागत

शनिवार , फाल्गुण १९, २०८०

सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सरुवा भएर आउनु भएका प्रहरी उपरीक्षक विनोद शर्मालाई होटेल तथा पर्यटन व्यवसायी संघ सिन्धुलीले शुक्रबार स्वागत गरेको छ । होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष सिताराम पहाडीको अध्यक्षतामा संघका संस्थापक अध्यक्ष पदाधिकारी, सदस्य, बिट्स मिडिया प्रालिका अध्यक्ष विष्णु हरि खतिवडाले एसपि शर्मालाई स्वागत गर्नु भएको हो ।

स्वागत कार्यत्रमलाई सम्बोधन गर्दै उपरीक्षक शर्माले देशको अर्थ तन्त्रलाइ ठुलो टेवा दिने होटेल पर्यटन व्यवसाय आर्थिक मन्दिको चपेटामा परेकोमा दुख व्यक्त गर्दै होटेल तथा पर्यटन व्यवसायलाई आर्थिक समृद्धि तर्फ लानलाई आफ्नो तर्फ बाट गर्न सक्ने भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । होटलहरु निर्बाध रूपमा सञ्चालन गर्न आग्रह गर्दै सन्चालनको क्रममा सुरक्षाको प्रत्याभूति दिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष सिताराम पहाडीले उपरीक्षक शर्माले व्यवसायीका हरेक समस्याहरू एकाघरको परिवारको समस्या जस्तै मानी समाधान गर्ने प्रतिबद्धता व्यवहारमा लागु भएको हेर्न चाहेको बताउनुभयो । संस्थाका संस्थापक अध्यक्ष बद्री बहादुर कार्की लगायतले उपरीषक शर्मालाई स्वागत गर्दै शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया