सिन्धुली– सिन्धुलीका बिभिन्न ठाँउमा बसोबास गर्ने माझी समुदायले सांस्कृतिक चाड लदि पूजा मंगलबार बिविध कार्यक्रमका साथ मनाएका छन् । सिन्धुलीको मरिण गाउँपालिकाको ७ नम्बर वडास्थित जयमंगल लगायत सातैवटा वडा र हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ८ स्थित पाँचतले, चिहानेको क्यानखोला, वडानम्बर ५ स्थित बोटेनिको मरिण नदि किनारमा परम्परागत भेस भुसामा सजिएर भेला भएका माझि समुदायले लदि अर्थात पानीको बिधिपूर्वक पूजा गरेका छन् ।
माझिले पाँचओटा ढुंगाको देवी स्थापना गरी केराको पातमाथि अक्षता, सिक्का, लड्डु, फलफूल र लिंगमा रंगहरु दलेर दियोसहित जलदेवीलाई पूजा गरेका छन्। यो पूजा गर्दा डुंगाालाई पानी माथि राखेर मानिसलाई नदि तार्दा आउन सक्ने जलसंकट नास हुने बिस्वास छ । त्यस्तै, माझी समुदायले मंगलबार आयोजना गरेको सभामा बोल्ने अधिकांसले माझि समुदायको चाडलाई राज्यले उपेक्षा गरेको आरोप लगाए । माझी आदीबासी हुन् भने अन्य आदीबासीको साँस्कृतिक चाड जस्तै लदि पूजालाई पनि राष्ट्रिय चाड मानि सार्वजनिक बिदा दिनुपर्ने उनीहरुले बताए ।
माझी समुदायको बाहुत्यता रहेको सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिकाले लदि पुजाको अवसरमा सार्वजनिक बिदा दिएको थियो ।