बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीको ठूलो समस्या भनेकै लागुऔषधः प्रहरी उपरीक्षक शर्मा

सोमवार , फाल्गुण १४, २०८०

सिन्धुली, – जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक बिनोद शर्माले सिन्धुली जिल्ला बाट सरुवा भएर जादै गर्दा लागुऔषधको अन्त्य गरेर जाने बताउनुभएको छ । सिन्धुली जिल्लामा भर्खरै सरुवा भइ आउनु भएका प्रहरी उपरीक्षक शर्माले जिल्लाका पत्रकारहरु संग भेटघाट कार्यक्रमको अवसरमा सिन्धुली जिल्लाको सबैभन्दा ठूलो समस्या भनेकै लागु औषध भएकाले यसलाई न्युनिकरण गरेर जाने बताउनुभएको हो ।

सिन्धुलीका सुरक्षा निकायका प्रमुखहरुलाई साक्षी राखेर आइतवार उपरीक्षक शर्माले सिन्धुली प्रहरीका पाँच लक्ष्य सार्वजनिक गर्ने क्रममा पहिलो प्राथमिकतामा लागु औषध रोकथाम र नियन्त्रणका साथै राजनैतिक पहुँचका आधारमा हुने गरेको नदीजन्य प्राकृतिक स्रोतको दोहन र बन तस्करी रोक्ने प्रतिवद्धता सार्वजनिक गर्नु भएको छ ।

नदीजन्य कामहरु सञ्चालन गर्न सहज बनाईदिनु पर्‍यो भन्दै आफु सरुवा भएर सिन्धुली आएकै भोलिपल्ट मानिसहरु भन्न आएको बिबरण पत्रकार र प्रमुुख जिल्ला अधिकारीलाई सुनाउँदै प्रहरी उपरिक्षक शर्माले बन पैदाबारको अबैद्य चोरी निकासी रोक्न सिन्धुलीमा निकै ठूलो चुनौती रहेको बताउनु भयो ।

जिल्लाका पत्रकारहरुले सिन्धुलीमा भएका समस्या तथा सुधार गर्नुपर्ने बिषय उठान गरेकोमा उठेका बिषय बस्तुलाई सम्बोधन गर्दै उपरीक्षक शर्माले शान्ति सुरक्षा लगायत आफ्नो पाँच लक्ष्य सार्वजनिक गर्नु भएको थियो । उहाँले भन्नुभयो, “प्रहरी बद्नाम भएको छ, म त्यसलाई सुधार गरेर देखाउने छु त्यसका लागि सिन्धुलीका अन्य सरोकारवालाहरु पनि सुधारिन जरुरी छ,।”

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत खनालले सिन्धुलीमा सुरक्षा चुनौती नभएपनि अन्य समस्याहरु रहेको बताउँदै कानूनलाई हातमा लिने जो कोहीलाई पनि नछोडिने बताउनुभयो । डन र धनको प्रभावबाट सिन्धुलीको सुरक्षा व्यबस्था प्रभावित नहुने उहाँले प्रष्ट पार्नुभयोे ।

सरकारी कार्यालयको सेवा प्रवाह नागरिकमैत्री नभएको भन्ने पत्रकारहरुको गुनासोमा का प्रमुख जिल्ला अधिकारी खनालले प्रत्येक कार्यालयहरुको सेवा प्रवाह नजिक बाट नियाल्दै समयसमयमा छड्के जाचँ गर्दै आएको बताउनुभएको छ । जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह, अपराध नियन्त्रण र बिचौलीया रहित सेवा प्रवाह गर्न आफ्नै कार्यालय बाट सुरु गरेको उहाँको भनाई छ ।

सशस्त्र प्रहरी प्रमुख बलराम प्रसाई र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुवास कार्की र सिन्धुलीका क्रियाशिल पत्रकारहरु सहभागि थियो ।

विगतका प्रहरी प्रमुखले सुनलाई रातारात पित्तल बनाउने देखी रकम असुली गरेर तस्करीका समानहरु छोडेको तथ्यलाई नयाँ आउनु भएका उपरीक्षक शर्माले कसरी प्रहरी संगठनलाई मर्यादित र अनुशासित बनाउँछन् त्यसैले उहाँको पाँच लक्ष्यको मार्ग पहिल्याउने देखिएको छ ।

 

प्रतिक्रिया