बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा शौचालयमा प्रयोग गर्ने पानीमा डुबेर मृत्यु

आइतवार , फाल्गुण १३, २०८०

सिन्धुली– शौचालयमा प्रयोग गर्न संचित गरिएको पानीमा डुबेर सिन्धुलीमा एकजना बालिकाको मृत्यु भएको छ । जिल्लको तीनपाटन गाउँपालिका–८ महभिरडाँडामा आइतबार अढाइ वर्षीया बालिकाको मृत्यु भएको हो ।

टंकबहादुर मगरकी छोरी अढाइ वर्षकी अनिशाको घर पछाडि प्लाष्टिकको ड्रममा शौचालयमा प्रयोग गर्न राखेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) चिरन्जिवी दाहालका अनुसार प्लाष्टिकको ड्रममा डुबिरहेको अवस्थामा उनको फेला पारेकि थिइन् । बालिकालाई उपचारको लागि लाम्पान्टार स्वास्थ्य चौकी लगेकोमा चिकित्सकले मृत घोषण गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया