सिन्धुली– नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल शनिबार सिन्धुली आउनुहुने भएको छ । नेकपा एमाले सिन्धुलीको प्रचारप्रसार एवं प्रकाशन समितिका अनुसार ऋषिराज देवकोटा ‘आजाद’ को ४३ औँ स्मृति दिवसको अवसरमा रिमाल सिन्धुली आउन लाग्नुभएको हो ।
आजादको ४३ औँ स्मृति दिवसमा रिमालको प्रमुख आतिथ्यतामा मरिण गाउँपालिका कमिटिको कार्यालय कपिलाकोटमा कार्यक्रम गरि मनाईने प्रचारप्रसार एवं प्रकाशन समितिका संयोजक संजय कुमार दाहालले जानकारी दिनुभयो ।
विसं २००० मा जन्मनुभएका आजादलाई २०३७ साल फागुन १० गते तत्कालीन प्रहरी प्रशासनले गिरफ्तार गरी भिमानको जंगलमा लगेर हत्या गरेको थियो ।