बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

मन्दीमा पनि व्यवसायी चौधरीद्वारा आर्थिक सहयोग

बुधवार , फाल्गुण ९, २०८०

सिन्धुली – सदरमुकाम सिन्धुलीमाढी जिल्लाकै मूख्य व्यापारिक केन्द्र हो । तर, अहिले जिल्लाको अर्थतन्त्र नै बिग्रिएको छ । सदरमुकामको बजारमा अहिले व्यापार, व्यवसाय खुम्चिरहेको छ । मन्दीले मन्दमन्द छोएपछि यहाँका व्यापारीहरु उधारो पैसा उठाउनैमा व्यस्त छन् ।

पछिल्लो समय जिल्लामा चेक वाउन्सका मुद्धा बढेको सिन्धुली प्रहरीले जनाएको छ । व्यवसायीहरुलाई उधारो पैसा उठाउनै हम्मेहम्मे परेकोबेला सिन्धुलीमाढीमा हार्डवेयर, किराना र चप्पल व्यवसाय गर्दै आउनुभएका दिगम्बर चौधरीले आर्थिक सहयोग गर्नुभएको छ । उहाँले नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाबाट निशुल्क ब्लड उपलब्ध गराउनका लागि स्थापना गर्न लागिएको डेढ करोड रुपैयाँको अक्षयकोष अभियानमा २६ हजार एक सय ११ रुपैँया सहयोग गर्नुभएको हो ।

“व्यापार/व्यवसायमा तल, माथि हुन्छ तर रगत नभएर कसैको ज्यान तल माथि हुनुहुदैँन”, उहाँले भन्नुभयो, “पुण्य काममा सहयोग गर्नकालागि जसरी पनि पैसा जुटदो रहेछ ।” यता, चौधरीले चौधरीले विगत दुई दशकदेखि सिन्धुलीमाढीमा व्यापार गर्दै आउनुभएको छ ।

प्रतिक्रिया