सिन्धुली– आइतबार राती ९ बजे सिन्धुलीको तीनपाटन गाउँपालिका २ डाँडाटोलका राजु श्रेष्ठ र उनका चारजना साथीहरु घर फर्किदैँ थिए । सोहि गाउँका नानीराम कार्र्कीको घरसँगै रहेको बाटो हुदैँ घर फर्किदै गरेका श्रेष्ठसहितको टोलिबिच सामान्य भनाभन भयो । साथीभाईबिच मोबाईलको विषयमा सामान्य भनाभन भएको थियो । आफ्नो घरमुनि आएर किन हल्ला गरेको भन्दै नानीराम कार्की आक्रोशित भएपछि श्रेष्ठको टोलीले साथीहरुसँग कुरा गर्दा के हुन्छ र भन्दै जवाफ फर्काए । जवाफ फर्काएपछि नेपाली कांग्रेसका स्थानिय नेता समेत रहेका कार्कीले खोँडा निकालेर जाई लागेँ । घरेलु हतियार देखेपछि श्रेष्ठको टोली भाग्यो ।
कार्कीको घरभन्दा दुई सय मिटर माथी राजु श्रेष्ठको माईला दाजु सन्जिब श्रेष्ठको घर छ । हल्लाखल्ला भएपछि के भएछ भनेर हेर्न सन्जिब घरबाट तल झरेँ । त्यहिक्रममा कार्कीले आफ्नो घर तल आएर हल्ला गर्ने मध्य यो पनि एक हो भन्दै सन्जिबलाई छप्काइदिन्छु भन्दै खोडा अघि बढाए । कार्कीको छोराले यी मान्छे सो टोलीमा नरहेको बताएपछि कार्की रोकिए । आफ्नो दाजुमाथि खोडा प्रहार हुन लागेपछि भागेका चारजनाको टोली पुनः सोहि ठाउँमा आए । उनीहरुले सामान्य हल्ला आफूले गरेको तर सजाय दाईलाई किन दिने भन्दै कार्कीसँग प्रश्न गरे । यत्तिकैमा हल्लाखल्ला भएपछि केहि स्थानियहरु जम्मा भए । स्थानियले सामान्य विवादमा हतियारनै निकाल्नुपर्ने अवस्था नरहेको भन्ने कुरा गरेपछि कार्कीले खोँडा र हँसिया लुकाए । स्थानियबिच कुराकानि हुदैँ गर्दा कार्कीले पछाडीबाट राजु श्रेष्ठलाई हँसिया प्रहार गरेको प्रत्यक्षदर्शिले बताएका छन् । राजुको टाउकोमा चोट लागेपछि उनीहरु अस्पताल दौडिए । बेलघारीमा सामान्य उपचारपछि सिन्धुली अस्प्ताल हुदैँ मध्यपुर ठिमिको एक अस्पतालमा श्रेष्ठलाई पुर्योइएको उनका दाजु सन्जिव श्रेष्ठले बताए । अहिले भाई आईसियुमै रहेको श्रेष्ठले सिन्धुली सौगातलाई जानकारी दिए ।
घाईते राजु र उनका साथीहरु रातको ७ बजेसम्म घर बनाउने काम गरेको स्थानियले बताएका छन् । साथीहरुसँग बाहिर गई रक्सि सेवन गरि घर फर्कने क्रममा सामान्य हल्ला भएकोे घाईते श्रेष्ठका साथीले बताए । श्रेष्ठका दाजु सन्जिव श्रेष्ठले भने, ‘भाईले गल्ति गरेको भए, भोली बिहान बसेर छलफल गरि निष्कर्ष निकालौँ भनेको थिए । उल्टै ममाथि जाई लागेँ ।’ नानिराम कार्कीले पनि मादक पदार्थ सेवन गरेको श्रेष्ठले आरोप लगाए । सामान्य कुरामा मरणासन्न हुनेगरि कार्कीले कुटपिट गरेको श्रेष्ठ बताउँछन् ।
आफूहरुले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ज्यान मार्ने उद्योगमा जाहेरि दर्ता गर्न लागेको श्रेष्ठले बताए । यता, कार्की भने फरार रहेको प्रहरी श्रोतले बतायो । श्रोतका अनुसार कार्कीको आफन्तले कार्कीपनि घाईते भएको र उनको उपचार भईरहेको प्रहरीलाई बताएका थिए । तर, स्थानियले भने घट्नास्थलमा झैझगडा नभई एकतर्फि कार्कीलेमात्र हसियाले टाउकोमा प्रहार गरेको बताएका छन् । स्थानियका अनुसार कार्की अराजक प्रवृद्धिका मान्छे हुन् ।