बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एकजना गम्भिर घाईते

सोमवार , फाल्गुण ७, २०८०

सिन्धुली– सिन्धुलीमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भिर घाईते भएका छन् । सिन्धुलीको दुधौली नगरपालिका १ रांगे स्थित मदन भण्डारी राजमार्गमा हायस गाडीले मोटरसाइकललाई ठक्कर दिँदा न्याय परिषद सचिवालयको नायव सुब्बा रामकाजी खत्री घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवि दाहालले जानकारी दिनुभयो । झापाबाट काठमाडौँतर्फ आउदैँ गरेको बा ५ ख १०६४ नम्बरको हायसले को १३ प ९४१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा खत्री गम्भिर घाईते भएका हुन् । दुधौली नगरपालिकाको वडा नम्बर २ का अध्यक्ष रितेश राउतले घट्नास्थलमा पुगेर घाईतेलाई सिन्धुली अस्पताल पठाउन सहयोग गरेको स्थानियले बताएका छन् । साथै, घाईतेको आफन्तले सम्पर्क नगरेको हुँदा खत्रिलाई चिन्नेले मोबाइल नम्बर ९८५४०४१४९९ मा सम्पर्क गर्न वडाध्यक्ष राउतले आग्रह गर्नुभयो । हायसलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया