बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

शिक्षक संगठन तीनपाटनको अध्यक्षमा बराल

शनिवार , फाल्गुण ५, २०८०

सिन्धुली– नेपाल राष्ट्रिय शिक्षक संगठन तीनपाटन गाउँपालिकाको अध्यक्षमा दिपक बराल सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ । शनिबार सम्पन्न तेश्रो अधिबेशनबाट बरालको नेतृत्वमा १४ सदस्यीय कमिटि निर्विरोध चयन भएका हुन् । बराल तीनपाटन गाउँपालिका १ स्थित लंगुरदोभानमा रहेको कमानेश्वरी आधारभुत विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ ।

निर्वाचनबाट उपाध्यक्षमा देशकुमार पोखरेल र शुशिला पहाडी, सचिवमा थमान धना मगर, कोषाध्यक्षमा हरिलाल श्रेष्ठ, सह–सचिवमा यमुनादेवी बास्तोला र सह–कोषाध्यक्षमा सिताकुमारि गौतम निर्विरोध चयन भएका हुन् । त्यस्तै, सस्यहरुमा शान्ती श्रेष्ठ,

जिवनकुमारी काफ्ले पोखरेल, डिल्लिराम अधिकारी, प्रेम बहादुर मानन्धर, भिम बहादुर राना, लेख बहादुर थापा, शुक्र बहादुर तामाङ र केशव पुलामी निर्वाचित भएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया