बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सुनकोशी–मरिण डाईभर्सनमा कार्यरत कर्मचारीको मृत्यु

शुक्रवार , फाल्गुण ४, २०८०

सिन्धुली– राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनामा कार्यरत एक कर्मचारीको शुक्रबार मृत्यु भएको छ । आयोजनामा कार्यरत टिफर चालकको दुर्घटनामा मृत्यु भएको हो ।

रामेछापको मन्थली नगरपालिाक ६ स्थित सिलिबजारमा टिफर दुर्घटना हुँदा बर्दिबास नगरपालिका ४ गौरीडाँडाका ५० वर्षिय टिफर चालक जयबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापको प्रवक्ता प्रहरी निरीक्षक रञ्जन कुमार गिरिले जानकारी दिनुभयो । बा २ क ४५०७ नम्बरको टिफर सडकबाट डेढ सय (१५०) मिटर तल खसेको गिरिले बताउनुभयो ।

घाईते माझीलाई मन्थली अस्पताल पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । घट्नास्थल सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा निर्माण भइरहेको बाँधको रामेछापतर्फको क्षेत्रमा रहेको प्रहरी प्रवक्ता गिरिले बताउनुभयो ।

प्रतिक्रिया