बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा शुक्रबार बिहानै दुर्घटना, एकको मृत्यु

शुक्रवार , फाल्गुण ४, २०८०

सिन्धुली– सिन्धुलीमा शुक्रबार (आज) बिहानै मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको दुधौली नगरपालिका ९ आँप डाडा स्थित मदन भण्डारी राजमार्गमा मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्को एकजना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । डकाहाबाट दुधौली तर्फ जादैँ गरेको दुधौली नगरपालिका ९ का ५५ वर्षिय हरि राउतले चलाएको स १० प ३९०९ नम्बरको मोटरसाइकललाई सोहि दिशाबाट जादै गरेको दुधौली नगरपालिका १० का २३ वर्षिय बेचु कुमरले चलाएको प्र.१–०५–००१ प ६२८६ नम्बरको मोटरसइकलले ठक्कर दिएको डिएसपि दाहालले बताउनुभयो ।

मोटरसाइकलले पछाडीबाट ठक्कर दिई अन्यन्त्रित भई ठक्कर दिने मोटरसाइकल चालक कुमर सडकभन्दा १० फिट तल खेतमा खसेका थिए । कुमरको टाउकोमा चोट लागेर गम्भिर घाइते भएकोमा कटारी सरकारी हस्पिटलमा उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेका थिए । अर्को मोटरसाइकल चालक हरि राउतको भने दुधौलीस्थित प्रयाग अस्पतालमा उपचार भईरहेको छ । उहाँको दाया खुट्टा भाचिएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको डिएसपि दाहालले बताउनुभयो ।

प्रतिक्रिया