सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख फेरिएका छन् । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको मंगलबारको निर्णय अनुसार सिन्धुली सहित विभिन्न क्षेत्रमा कार्यरत ७८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको हो । जसअन्तर्गत गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत एसपी विनोद शर्मा सिन्धुलीको नयाँ प्रहरी प्रमुखमा नियुक्त हुनुभएको छ । २०७९ साल असार २९ गते डीएसपीबाट एसपीमा बढुवा हुनुभएका शर्मा यसअघि सिन्धुलीमा डीएसपिका रुपमा आईसक्नुभएको छ । त्यस्तै, सिन्धुलीका पुर्व प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल भने गण्डकी प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा पोखरा, कास्कीमा सरुवा हुनुभएको छ ।