सिन्धुली– उदयपुरको कटारी नगरपालिकामा टिफरको ठक्करबाट सिन्धुलीका २१ वर्षिय युवाको मृत्यु भएको छ । सोमबार आफ्नो भान्जालाई इटहरी अस्पतालपुर्योएर घरतर्फ फर्किदै गर्नुभएका सिन्धुलीको दुधौली नगरपालिका १४ का गंग बहादुर परियारको मृत्यु भएको दुधौली १४ का वडाध्यक्ष भैर बहादुर पुलामी मगरले जानकारी दिनुभयो ।
कटारी नगरपालिका ४ जहडीमा प्र२–०१–००१ ख ००७८ नम्बरको टिफरले ठक्कर दिँदा साइकल यात्री परियाको मृत्यु भएको उदयपुर प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपि) हरिनन्दन चौधरीले बताउनुभयो । टिफर चालक २४ वर्षि गर्जमान तामाङसहित टिफरलाई नियन्त्रणमा लिएको डिएसपि चौधरीले बताउनुभयो । पोष्टमार्टमकालागि शवलाई कटहारी अस्पतालमा पुर्याइएको र पोष्टमार्टम बुधबार हुने डिएसपि चौधरीले जानकारी दिनुभयो । थप अनुसनधान भइरहेको उहाँले बताउनुभयो ।
सडेगलेको अवस्थामा शव फेल: त्यसैगरि, सिन्धुलीको तिनपाटन गाउँपालिका ९ स्थित बर्मेली खोलामा सोमबार एकजना वृद्धको शव फेला परेको छ । घाँस काट्न जाने स्थानिय महिलाहरुले उक्त देखी गाउँपालिका अध्यक्ष कर्णबहादुर थापा मगरलाई जानकारी दिएका थिए । गाउँपालिका अध्यक्षले प्रहरीलाई खबर गरेपछि घटनास्थलमा प्रहरी पुगेको थियो । स्थानिय मानिसहरुसँग बुझ्दा तिनपाटन गाउँपालिका ९ बतासे डाँडाको ७९ वर्षिय टंकमान कामीको शव रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतकको छोरा रत्न बहादुर बि.क.मार्फत शवको सनाखत भएको प्रहरीले जनाएको छ । मृतक परियार २३ दिन अगाडी घरमा कोहि कसैलाई नसोधी निस्की हिडेँको भन्ने बुझिएको सिन्धुली प्रहरीले बताएको छ । लास उतानो र दुर्घन्धित अवस्थामा फेला परेको थियो ।