लेखक : बिनोद दाहाल
नेपाली जनयुद्ध महान् थियो । गत शताब्दिको सन् ९० को दशकमा विश्वलाई घच्घच्याउनेगरी नेपाली समाजमा महान् जनयुद्ध चलेको थियो । महान् माओको निधनपछि केही देशमा माओवादमा आधारित भएर सशस्त्र बिद्रोहहरू भए जसलाई जनयुद्ध भनियो । तीमध्ये पेरुमा उठेको जनयुद्ध उल्लेखनीय छ । त्यसपछि प्रत्याक्रमणको चरणसम्म पुगेको जनयुद्ध नेपालको मात्र थियो भन्नेमा सायदै विवाद होला । जनता मुक्त हुने र देश स्वाधिन र समृद्ध बनाउने नीति व्यवहारमा ल्याउने नेपाली जनताको प्रयास आफैंमा महान्, गौरवशाली र ऐतिहासिक छ ।
जनयुद्धलाई विवादमा पार्ने कार्य शब्दजाल मात्र हो । जनताले थालेका सशस्त्र कार्य भन्ने तर जनताले गरेको कामलाई जनयुद्ध नभन्ने प्रतिक्रियावादीका नियत आफैंमा बेईमानीपूर्ण र बधनियतपूर्ण छ । माओवादीको आह्वानमा दुर्गम बस्तीका सचेत नागरिकले सशस्त्र गतिविधि गरेको कुरा घाम जत्तिकै छर्लंग हुँदाहुँदै पनि केही हैन झैं गर्ने उनीहरूको नियत षड्यन्त्रपूर्ण पनि छ । हजारौं नेपाली सचेत नागरिकको असंवैधानिक, गैरकानूनी र सामुहिक नरसंहार गर्ने प्रतिक्रियावादीहरू जनयुद्धलाई “युद्ध भाव जनाउने शब्द” हुने कुतर्क पनि गरिरहेका छन् । यिनीहरूको कार्यहरू, योजनाहरू र सिद्धान्तहरू निरंकुश सामन्ती राजतन्त्र फाल्ने र लोकतान्त्रिक गणतन्त्र ल्याउने छँदै थिएन । उनीहरूले एक दिन, एकजनाले पनि एक ठाउँमा पनि लोकतान्त्रिक गणतन्त्र नभनिकन त्यो आएको छ जुन जनयुद्धकै कारण हो भन्ने घाम जत्तिकै छर्लङ्ग छ । यो सत्यलाई लुकाउने घृष्टता गरेर “जनयुद्ध मान्दैनौं” भन्ने अपराधले भरिएका दिमागहरू नाङ्गेझार हुनु जरूरी छ ।
यो देशलाई स्वाधिन बनाउने र जनतालाई सामन्तवाद, साम्राज्यवादबाट मुक्त गर्ने महान्, गौरवशाली र ऐतिहासिक पहलकदमी थियो । सामन्तवादसहित सम्पर्ण प्रतिक्रियावादी राज्य ध्वस्त पार्न र नयाँ जनवादी व्यवस्था निर्माण गर्न नेपाली दुर्गम बस्तीका जनताले सशस्त्र भएर कार्य थालीनी गरेको यो महान् दिन “जनयुद्ध दिवस“ सामन्तका दरवारका छाउरा र विदेशी दानापानीमा अस्तित्व रहेका प्रतिक्रियावादीले नबुझेजस्तो स्वाङ पारिरहेका छन् ! जनयुद्ध गर्दा कसलाई मारेका थिए ? माओवादीले त हत्याको बदलामा जेलमा राख्ने अवस्था नभएको अवस्थामा सफाय गर्ने युद्धकालिन नीति पछि बनाएका हुन् । सुराक गर्ने हत्यारा अपराधि, सशस्त्र प्रतिकार गर्ने अपराधि मात्र माओवादी कारवाहीमा परेका हुन् । कांग्रेस र झापा बिद्रोहमा सामन्त सफाय गर्ने नीति थियो तर माओवादीको त्यो नीतिसमेत थिएन । झुक्किंदा, भुल हुँदा वा नीति उल्लङ्घन गर्नेका तर्फबाट यदाकदा भएका घटनालाई तिललाई पहाड बनाएर प्रचार गर्ने बधनियतका अपराधिहरूले फलाक्दैमा सत्य कुरा छिप्ने छैन । जनयुद्ध दमन गर्ने नाममा नीयक, ऐन–कानुन र संविधान बिपरित आमसंहार र नागरिक वेपत्ता बनाउने अपराधका पक्षमा आफूलाई देखाउने पनि जनताका नजरमा अपराधि नै हुन् । आफूलाई ईमानदार र मानवतावादी बताउने तिमीहरूको जालसाँचीपूर्ण हर्कत नाङ्गिंदै जानेछ ।
होसियार, हामी हाम्रो लक्ष्यमा दृढताका साथ लागिरहेका छौं । हत्या, सुराक र सशस्त्र प्रतिकारमा आउनेबाहेककालाई कारवाहीमा नराखेको यथार्थ जानकारि लिंदा हुन्छ । अन्यायमा परेकालाई न्याय दिन टिआरसि विधेयक आउँदैछ । र, उक्त विधेयक संविधान, नियम, ऐन–कानुन उल्लंघन गरेर आदेश गर्ने र कारवाही गर्ने सत्तापक्षका शासक÷प्रशासकहरू पनि कारवाहिमा पर्नेछन् । २ बर्षभित्र उक्त विधेयक पारित गर्ने निर्णय रोक्ने वा माओवादी सरकारको नेतृत्व लिने अवस्थामा मात्र अलिकति काम थाल्नासाथ सरकार गिराईहाल्ने नियत देख्नासाथ बुझ्न सकिन्छ कि हत्यारा र अपराधिहरू को हुन् भनेर ! माओवादीलाई हत्यारा भन्नेहरूका अपराधपूर्ण अभिव्यक्तिहरू केही समयका लागि मात्र हुन् भनेर बुझिराखे हुन्छ !
हत्या, सुराक र सशस्त्र प्रतिकारमा आउने बाहेककालाई कारवाहीमा नराखेको यथार्थ जानकारि लिंदा हुन्छ । अन्यायमा परेकालाई न्याय दिन टिआरसि विधेयक आउँदैछ । र, उक्त विधेयक संविधान, नियम, ऐन–कानुन उल्लंघन गरेर आदेश गर्ने र कारवाही गर्ने सत्तापक्षका शासक÷प्रशासकहरू पनि कारवाहिमा पर्नेछन् । २ बर्षभित्र उक्त विधेयक पारित गर्न रोक्ने वा माओवादी सरकारको नेतृत्व लिने अवस्थामा मात्र अलिकति काम थाल्नासाथ सरकार गिराईहाल्ने नियत देख्नासाथ बुझ्न सकिन्छ कि हत्यारा र अपराधिहरू को हुन् भनेर ! माओवादीलाई हत्यारा भन्नेहरूका अपराधपूर्ण अभिव्यक्तिहरू केही समयका लागि मात्र हुन् भनेर बुझिराखे हुन्छ !