बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा भिडियो प्रतियोगिता सम्पन्न

शनिवार , माघ २७, २०८०

सिन्धुली– सिन्धुली वरिपरिका क्षेत्रलाई समेटि आयोजना गरिएको ‘जुनार तथा कृषि खेती भिडियो प्रतियोगिता’ को विजेता घोषित गरिएको छ । जुनार तथा कृषि पेशामा आवद्ध किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सामाजिक कार्यमा क्रियाशिल संस्थ वेव्स ईन नौका प्रा.लि. र प्रधानमन्त्री कृषि आधुनिकिकरण पयिोजनाले आयोजना गरेको प्रतियोगिताको पाँचजना विजेतालाई पुरस्कारसहित सम्मान गरिएको छ । जुनार खेति तथा कृषि उत्सव २०८० लाई लक्षित गरि ३० दिने अनलाईन भिडियो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा गोलन्जोर गाउँपालिका ४ का जुनार कृषक लोक बहादुर आले मगर, ग्वालटारको टमाटर कृषक सुमित्रा श्रेष्ठ, हरिहरपुरगढी ३ का कागती कृषक ओकिल बहादुर कुनवार क्षेत्री, दुधौली नगरपालिका १० कि च्याउ कृषक चाहाना श्रेष्ठ र हरिहरपुरगढीको कागती कृषक विष्णु लाल घलान विजेता भएका छन् । प्रतियोगितामा सिन्धुलीको नौँवट स्थानिय तहबाट ४४ जनाले प्रतिस्पर्धा गरेको नौकाका प्रमुख कार्यकारी अधिकृत पासाङ स्याङतानले जानकारी दिनुभयो । प्रतियोगिताको विजेतालाई बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रि डा. राजेन्द्रमान श्रेष्ठले वितरण गर्नुभएको थियो । कृषि क्षेत्रमा युवाहरुको सहभागीता बढाउने उदेश्यले कार्यक्रम गरिएको सिईओ स्याङतानले बताउनुभयो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया