बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा बिरामी हुँदा समेत श्रीमतीलाई ज. करणी गर्ने धरौटीमा रिहा

शुक्रवार , माघ २६, २०८०

सिन्धुली– सिन्धुली जिल्ला अदालतले वैवाहिक जबर्जस्ती करणी मुद्दामा आरोपित श्रीमानलाई एक लाख नगद धरौटी राखी तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ । वैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका एकजनाविरुद्ध उनकै श्रीमतीले जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् । सोही मुद्दामा सिन्धुली जिल्ला अदालतका न्यायाधीश रमेश शर्मा पौडेलको इजलासले बुधबार आरोपित श्रीमानलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशपछि आरोपित बुधबार थुनामुक्त भएका छन् । अभियोगपत्रमा महिलाले बिरामी भई शारीरिक अस्वस्थ भएको अवस्थामा समेत श्रीमानले मञ्जुरी बेगर शारीरिक सम्पर्क गरेको बताएकी छन् । आफूहरुको छ वटा छोरी र एउटा छोरा रहेको र गत असार २३ गते विदेशबाट श्रमान घरमा आएदेखिनै मादक पदार्थ तथा यौनवद्र्धक औषधि समेत सेवन गरि दिनको ४÷५ पटकसम्म मन्जुरी बेगर जबरजस्ती करणी गर्दै आएको पिडित महिलाले बताएकि छिन् । ‘मेरो मन्जुरी वेगर शारीरिक सम्पर्क गर्न खोज्दा मलाई सन्चो छैन शारीरिक सम्पर्क गर्न सक्दिन भन्दा समेत मलाई विभिन्न किसिमको आरोप लगाई त अन्य परपुरुषसँग लागेकि छेस् त्यसैले मसँग शारीरिक सम्पर्क गर्न अस्विकार गरेकी, एउटा बुढाको ईच्छा समेत पुरा गर्न नसक्ने भनी मलाई कुटपिट गरी मानसिक तथा शारििरक यातना समेत दिई करणी गर्दै आउनुभएको’, जाहेरीको व्यहोरामा उल्लेख छ, ‘अन्तिम पटक २०८० मंसिर १४ गते बेलुकादेखि मादक पदार्थ तथा यौनवर्दक औषधी समेत सेवन गरि सो राती पटक पटक मेरो मन्जुरी बेगर योनी तथा मलद्वार समेतमा जबरजस्ती करणी गरी मैले पिडा सहन नसकी चिच्याउँदा समेत नछाडी राती साढे ११ बजेको समयसम्म लगातार जबरजस्ती करणी गरेको हुँदा निजलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँँ ।’

त्यस्तै, जिल्ला सरकारी वकिल कार्यालयले आरोेपित परिवर्तित नाम ०८०÷०८१ तिनपाटन (घ) सँग लिएको बयान समेत अभियोगपत्रमा समावेश गरेको छ । प्रतिवादिले २०८० सालको साउन मसान्ततिर छोरा पातलो भएकोले चाउचाउ दिने नगर्नु, घरको मात्रै खानेकुरा दिनु भनी श्रीमतिलाई भन्दा श्रीमतिसँग सामान्य वादविवाद हुँदा एक्कासी आवेशमा आई घरमा भएको खुकुरी निकाली आफूलाई हान्दा दाहिने कान काटे पश्चात स्थानीय मानिसहरु समेतले उपचारकोलागि तत्काल लामपान्टार लैजाँदा यहाँ हुदैँन सुविधासम्पनन अस्पतालमा लैजानु भने पश्चात पाटन गई उपचार गराउँदा हाल उपचार पश्चात स्वास्थ्य अवस्था सामान्य हुदैँ आएको बताएका छन् । ‘मादक पदार्थ ता यौनवर्दक औषधि समेत सेवन गरी श्रीमलिाई दिनको ४/५ पटक सम्म करणी गरेको छैन । मंसिर १४ गते मन्जुरीमा नै एकपटक शारीरिक सम्पर्क भएको हो’, प्रतिवादिले बताएका छन् । उक्त मुद्दाको अन्तिम सुनुवाई हुन बाँकी छ । सो मुद्दामा वादी र प्रतिवादितर्फको साक्षी र जाहेरवालाको तर्फबाट बकपत्र बाँकीनै छ । अदालतको आदेशपछि आरोपित अहिले थुनामुक्त भएका छन् ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसूरको दफा २१९ (१) मा कसैले जबरजस्ती करणी गर्न नहुने उल्लेख छ । त्यस्तै, सोहि दफाको उपदफा २ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करण्ी गररेमा वा मञ्जुर िलिएर भएपनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ । उक्त दफmाको उपदफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीर्लाइ करणी गरेमाम पाँच वर्ष सम्म कैद हुने उपदफा ४ मा उल्ल्ेख छ । त्यस्तै, उपदा २२८ मा दफा २२० र २२७ अन्तर्गतको कसूर बाहेक यस परिच्छेद बमोजिमको अन्य कसूरबाट पीडित व्यक्तिलाई कसूरदारबाट मनासिब क्षतिपूर्ति भराई दिनुपर्ने उल्ले क्षतिपूर्ति भराई दिनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया