बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

विपी राजमार्गमा दुर्घटना हुँदा ६ वर्षिय बालक घाईते

मंगलवार , माघ २३, २०८०

सिन्धुली– आईतबार विपी राजमार्गमा दुईवटा मोटरसाइकल जुध्दा छ वर्षिय बालकसहित चारजना घाईते भएका छन् । काभ्रेको रोशि गाउँपालिका ९ पिनथली स्थित वि.पि.राजमार्गमा मोटरसाइकल जुध्दा एकजना गम्भिर र दुईजना मध्यम घाईते भएका छन् । काठमाडौँबाट उदयपुर तर्फ आँउदै गरेको बा ७० प २०९६ नम्बरको मोटरसाइकल र विपरित दिशा सिन्धुलीबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ७२ प २११९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा बा ७० प २०९६ नम्बरको मोटरसाइकल चालक बैतडी पाटन नगरपालिका ३ का प्रकाश बोहोरा गम्भिर घाइते भएका छन् । त्यस्तै, सोहि मोटरसाइकल पछाडि सवार बोहोराकि श्रीमती उर्मिला तामाङको दाँया हात र टाउकोमा चोटलागि मध्यम घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सोहि बाईकमा सवार उनीहरुको ६ वर्षिय छोरा सिबान्स बोहोराको दाँया हात र टाउकोमा चोटलागि अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । त्यसैगरि, बा ७२ प २११९ नम्बरको माटेरसाइक चालक उदयपुर गढि नगरपालिका वडा नं.३ का कमल मगरको दाँया खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया