सिन्धुली – जातीय छुवाछुत अन्त्य गर्दै न्यायपूर्ण समाज तथा समतामुलक समाजको निर्माण गरौं भन्ने मुल नाराका साथ दलित सेवा संघ जिल्ला शाखा सिन्धुलीको आठौं जिल्ला अधिवेशन शनिबार सिन्धुलीमाढीमा एक समारोह बीच सम्पनन् भएको छ ।
जिल्ला अध्यक्ष जनक बहादुर सार्की अध्यक्षता तथा केन्द्रीय अध्यक्ष सन्जुसिंह विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पनन् जिल्ला अधिवेशनले सर्वसम्बत रुपमा हेमलाल विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा बावुराम विश्वकर्मा र नन्दकुमारी परीयार, सचिबमा भेषलाल विश्वकर्मा, सह–सचिबमा उमेश परीयार र कोषाध्यक्षमा सन्जु विश्वकर्मा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा निर्मला विक, मोहन बहादुर बैजु, उमेश रम्तेल, उषा विक, उमा विक, संकर दियाली र दिपक विश्वकर्मा चयन हुनुभएको छ ।
सिन्धुलीमा २०५२ सालदेखी दलित सेवा संघ गठन गरी दलित हकहितका लागी जिल्लामा क्रियाशिल रहेको छ ।