सिन्धुली– सम्पूर्ण होटल ब्यवसायी एक होऔं, सिन्धुलीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरौं भन्ने मुल नाराका साथ सम्पनन् होटल ब्यवसायी संघ सिन्धुलीको पाँच औं जिल्ला अधिवेशनबाट सर्वसम्बत रुपमा अध्यक्षमा सिताराम पहाडी चयन हुनुभएको छ ।
शुक्रबार उदघाटन गरिएको कार्यक्रम पछि शनिबार भएको बन्दसत्रबाट चयन भएको सर्वसम्बत जिल्ला कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा रामहरि देवकोटा, उपाध्यक्षमा बिजय कुमार बस्नेत, महासचिबमा लाल बहादुर बुढाथोकी, सचिबमा राजकुमार मैनाली र कोषाध्यक्षमा लालमान तामाङ्ग चयन हुनुभएको छ ।
जिल्ला अधिवेशनले २ जना मनोनित सदस्य सहित १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्बत रुपमा चयन गरेको जनाइएको छ ।
अधिवेशनले साना साना होटल ब्यवसायीहरुलाई पनि संघमा आबद्ध गर्ने, होटल ब्यवसायीका समस्याहरुलाई संघ मार्फत सम्बन्धीत निकायमा पुर्याउने र समाधान गर्ने, होटल ब्यवसायीहरुलाई कुल, वेटर, होटल ब्यवस्थापन लगायतका अति आवश्यक तालिमको ब्यवस्थापन गर्ने , उपभोक्ताहरुलाई गुणस्तरिय खानपानको ब्यवस्था गर्न जिम्मेवार बनाईने कार्ययोजना अगाडि सारेको नवनिर्वाचित अध्यक्ष पहाडीले बताउनुभयो ।
सघको अधिवेशनले होटल र पर्यटन एकअर्काको परिपुरक भएकाले तथा संघलाई फराकिलो बनाउनका लागी विद्यान संशोधन गरी होटल ब्यवसायी संघलाई होटल तथा पर्यटन ब्यवसायी संघ नामाकरण गर्ने निर्णय समेत गरेको पहाडीले जानकारी दिनुभयो ।
पछिल्लो समय सिन्धुलीमा वीपी राजमार्ग, मदन भण्डारी राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गको सञ्जालको रुपमा रहेको सिन्धुलीमा यातायातका साधनहरुको आवत जावत बढेपछि होटल ब्यवसाय गर्ने ब्यवसायीहरुको संख्या बृद्धि हुँदै गईरहेको छ भने संघीयता कार्यान्वयनसँगै स्थानीय स्तरमा समेत साना तथा ठुला लगानीका होटल ब्यवसायहरु फस्टाउँदै गएका छन ।
हाल सिन्धुलीमा साना तथा ठुला लगानीका ३ सय ६८ वटा होटलहरु सञ्चालन सञ्चालनमा रहेको र आर्थिक मन्दी तथा कोभिडको समस्याका कारण थुप्रै होटल ब्यवसाय बन्द हुने अवस्थामा पुगेका छन ।