बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा माछा मार्ने क्रममा एकको मृत्यु

बिहिवार , पौष २६, २०८०

सिन्धुली– सिन्धुलीमा माछा मार्ने क्रममा घाइते भएका एकजनाको बुधबार मृत्यु भएको छ । गत पुष ९ गते बिहान ९ः०० बजे कमला खोलामा माछा मार्ने क्रममा डुबेर घाइते हुनु भएका जिल्लाको दुधौली नगरपालिका ११ स्थित मरघट्टीका ३९ वर्षिय राम बहादुर सुनारको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

कमला खोलामा विष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्ने क्रममा सुनार पानीमा डुवी घाइते हुनुभएको थियो । घाइते सुनारलाई सिरहास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो । उक्त अस्पतालमा उपचारपछि थप उपचारकालागि काठमाडौंस्थित शिक्षण अस्पताल लगिएकोमा सुनारको मृत्यु भएको प्रहरी नायव उपरिक्षक दाहालले जानकारी दिनुभयो । घटना सम्बन्धमा थप अनसुन्धान भई रहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया