बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

दिवा खाजामा गुणस्तरीयता नभए कार्वाही गर्ने नगर प्रमुख पोखरेलको चेतावनी

मंगलवार , पौष २४, २०८०

सिन्धुली, – कमलामाई नगरपलिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेले समाजसेवामा अग्रसर रहेको व्लु अल्पाइन क्लवको हरेक कृयाकलापले आफुलाई प्रभावित पारेका वताउनुभएको छ ।

सिन्धुलीमाढी स्थित व्लु अल्पाईन क्लव सिन्धुलीले सोमवार कमलामाई नगरपालिका २ केवरे स्थित शिद्धकाली प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय न्यानो कपडा वितरण कार्यक्रम लाई सम्बोधन गर्दै नगरप्रमुख पोखरेलले आजको समयमा समाजमा सकरात्मक सोचका साथ दीन, दुःखी, गरिव तथा असहायहरुको सेवामा लाग्ने व्यक्ति तथा संस्था निकै कम पाइन्छ जसमध्ये व्लु अल्पाईन क्लव एक रहेको उहाँले वताउनु भयो । आज धेरै संघसंस्थाहरु गैर नाफामुलक भए पनि नाफाको उदेश्यले अघि बढेको अवस्थामा यस क्लवले निस्वार्थ समाजसेवामा तल्लिन रहेकोमा आफु क्वल प्रति आभारी रहेको उहाँको भनाई थियो ।

नगरप्रमुख पोखरेलले विद्यालयमा विद्यार्थीहरुलाई दिइने दिवा खाजा गुणस्तरीय हुनु पर्ने वताउनु भयो । खाजाका निम्ति वजेट निकासा भए पनि कतै वितरण नगरिएको तथा कतै कम गुणस्तरको खाजा वितरण गरिएको गुनासो आएकोले यसको कडा अनुगमन तथा कार्वाही गरिने नगर प्रमुख पोखरेलले चेतावनी दिनुभयो ।

विशिष्ट अतिथी व्लु अल्पाइन क्लवका अध्यक्ष सूर्य वहादुर थापा (सुरेश) ले विकट स्थानमा विपन्न विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी आएकोले पोशाक वितरण गरिएको वताउनु भयो । आजसम्म क्लवको तर्फवाट विभिन्न धार्मीक स्थल सरसफाई, कालिमाई मन्दिरमा जुत्ता र्‍याक, दैवि प्रकोपबाट प्रभावितहरुलाई रातह वितरण कार्य गरेको जानकारी दिनुभयो । आगामी दिनहरुमा पनि आवश्यकक्ता अनुसार विभिन्न समाजसेवाको कार्यमा सरिक हुने वताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएको विद्यालय व्यवस्थापन समितीको अध्यक्ष चित्र वहादुर बुढाथोकी (सन्तोष)ले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई समान रुपले पोशाक वितरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । सिन्धुलीमाढी स्थित व्लु अल्पाईन क्लव सिन्धुलीले सोमवार कमलामाई नगरपालिका २ केवरे स्थित शिद्धकाली प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय न्याने कपडा वितरण गरेको छ ।

सोमवार विद्यालयमा अध्ययनरत ७१ विद्यार्थीहरुलाई जाडो महिनामा लगाउन न्याने कपडँ (ट्रयाकसुट) वितरण गरिएको क्लवमा अध्यक्ष सूर्यवहादुर थापा (सुरेश)ले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितीको अध्यक्ष चित्रवहादुर बुढाथोकी (सन्तोष)को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल हुनुहुन्थ्यो । कार्यक्रममा क्लवका सचिव कमल पोखरेल, कोषाध्यक्ष निर्मल थापामगर लगायत विद्यालयका शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया