सिन्धुली– जिल्लाको मरिण गाउँपालिकामा लगाईएको गाजा खेती आईतबार प्रहरीले नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षक धर्मराज खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मरिण गाउँपालिका–३ बरुण स्थित सात कठ्ठा जमिनमा लगाइएको गाजाखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
प्रहरीले ५ हजार बोट गाजाखेती नष्ट गरेको जनाएको छ । उक्त क्षेत्रका स्थानीयहरुले बर्षेनी गाजाखेती गर्दै आईरहेका छन । बर्षेनी प्रहरीले गाँजा खेती नष्ट गर्ने गरेको भएपनि खेती गर्ने ब्यक्तिलाई भने नियन्त्रणमा लिने गरेको छैन ।
आइतवार विहानै गाँजा नष्ट गर्न प्रहरी पुग्दा मानिसहरू घरबाट निस्केका थिएन् । कसले गाँजा रोपेको हो यकिन हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा लाई नष्ट गरेर आगो लगाइदिएको छ ।