बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुली फुड फेस्टिभलमा ३६ कलाकारले प्रस्तुति दिने

आइतवार , पौष २२, २०८०

सिन्धुली– सिन्धुली पर्यटन, कृषि, खेलकुद, साँस्कृतिक तथा फुड फेस्टिभल २०८० मा ३६ जना कलाकारले प्रस्तुति दिने भएका छन् । आगामी पुष २७ गतेबाट माघ ७ गतेसम्म संचालन हुने फुड फेस्टिभलमा ३६ कलाकार र दुईवटा ब्याण्डको प्रस्तुति रहने ब्रदरहुड इभेन्ट्स एण्ड इन्टरटेन्टमेन्टका संयोजक अश्विन थापा मगरले जानकारी दिनुभयो । ‘कृषि, व्यापार, उद्योग र पर्यटनको कसीः साँस्कृतिक तथा फुड फेस्टिभल २०८०’ नारासहित शुरु हुन लागेको १० दिने महोत्सवमा नायक पल साहदेखि प्रखर वक्ता रमेश प्रसाईँले स्टेज तताउने संयोजक मगरले बताउनुभयो ।

फुड फेस्टिबलमा चर्चित र्‍यापर तथा गायक आशिष राना मगर ‘लाहुरे’ प्रमोद खरेल, सुगम पोखरेल, छेवाङ लामा, भोजरोज काफ्ले, बद्रि पंगेनी, राजु परियार, पशुपति शर्मा, डिजराज पौडेल, रमेशराज भट्टराई, डिल्ली काफ्ले, अनित विष्ट, प्रताप दास, रोज मोक्तान, राजनराज शिवाकोटी, महेश काफ्ले, निकेश तामाङ, सोनाम बज्यू, विश्व दोङले प्रस्तुति दिनेछन् ।

त्यस्तै, फुड फेस्टिभलमा रचना रिमाल, एलिना चौहान, मेलिना राई, ज्योती मगर, अस्मिता अधिकारी, शान्ती श्री परियार, कल्पना दाहाल, प्रतिमा अर्याल, टिका प्रसाईको पनि सहभागिता रहने संयोजक मगरले बताउनुभयो । त्यस्तै, हाँस्यकलाकारतर्फ सागर लम्साल (बले), राजा राजेन्द्र, नवराज घोरासैनी र पुर्खे बा ले प्रस्तुति दिनेछन् । त्यस्तै, परिवर्तन ब्याण्ड र सिन्धुली कला घरको समेत प्रस्तुति रहने मगरले बताउनुभयो ।

फुड फेस्टिभलमा प्रवेश गर्न पास वितरण शुरु भइसकेको मगरले बताउनुभयो । स्थानिय पासको मूल्य दुई सय ५० रुपैँया रहेको मगरले जानकारी दिनुभयो । पास कमलामाई नगरपालिका ६ स्थित बसपार्क छेऊ ब्लु अल्पाईन क्लबबाट लिन सकिने संयोजक मगरले बताउनुभयो ।

प्रतिक्रिया