बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

आइतवार , पौष २२, २०८०

सिन्धुली – सिन्धुलीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका वडा नं. ५ रजे गाउँ बस्ने वर्ष–७४ को मन बहादुर बुढाथोकी को शनिबार मृत्यु भएको हो ।

बुढाथोकी घर नजिक आफ्नै बारीको काँल्ला खन्न गएकोमा अवेरसम्म घर नआए पछि आफन्त लगायत गाँउका मानिसहरु समेत मिली खोज्न जाँदा ढिस्कोले पुरिएर उनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

शनिवार राती अन्दाजी ७ः३५ बजे घरबाट अन्दाजी १०० मिटर उत्तर आफ्नै बारीमा मृतकले लगाएको चप्पल फेला परेको र बारी माथिबाट ढिस्को समेत झरेको देखि माटो खोतली हेर्दा निजको लाश भेटिएको प्रहरीले जनाएको छ ।

“माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ज्यान गएको देखिन्छ” प्रहरीले भन्यो , “उक्त घटना बारे थप अनुसन्धान भइरहेको छ ।”

प्रतिक्रिया