बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा शव फेला

शनिवार , पौष २१, २०८०

सिन्धुली– सिन्धुलीमा शनिबार शव फेला परेको छ । सडिगली सकेको वेवारिसे पुरुष ब्यक्तिको लास जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं.५ को २७ किलो स्थित सल्लेनी सामुदायिक वनमा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवि दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हाल नाम, थर, वतन नखुलेको तराईबासी जस्तो देखिने अन्दाजि ५५ देखि ६० बर्षको पुरुष व्यक्तीको लास फेला परेको छ । लाश फेला परेको खबर प्राप्त हुना साथ घटनास्थलमा प्रहरी टोली खटी गई हेर्दा सडि गली दुर्गन्धित घोप्टो अवस्थामा लाश फेला परेको हो ।’ पोष्टमार्टम समेत गर्न नसकिने हुदा स्थानिय जनप्रतिनीधिको रोहवरमा मुचुल्का लगाएतका कार्य गरी सदगतको लागि गोलन्जोर गाउँपालिकालाई जिम्मा लगाएको दाहालले बताउनुभयो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया