सिन्धुली– कमला नदिमा डुबेको अवस्थामा एक ब्यक्तिको लास फेला परेको छ । दुधौली नगरपालिका–६ लालभिती स्थित कमलाखोलामा डुबेको अवस्थामा लास स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक दुधौली नगरपालिका–१ गिजिहानी बस्ने ५३ बर्षिय भिमनाथ अधिकारी रहेको पुष्टी भएको भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मृतक बिहिबार बेलुका घरमा कोही कसैलाई नसोधी निस्की हिडेको र उनको मानसिक सन्तुलन ठीक नभएको बुझिएको साथै घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
कमलाखोलामा लास फेला