बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

विद्यालयको प्रत्येक महिनाको प्रगति विवरण स्थानीय तहमा पठाउनुपर्ने नियम लागु गर्दैछौँः मेयर पोखरेल

मंगलवार , पौष १७, २०८०

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकाले नगरभित्र रहेका सामुदयिक विद्यालयले प्रत्येक महिनाको प्रगति विवरण स्थानिय तहमा पेश गर्नुपर्ने नियम लागु गर्दैछ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयता कायम गर्न उक्त नियम लागु गर्न खोजिएको कमलामाई नगरपालिकाो मेयर उपेन्द्र पोखरेलले बबताउनुभयो । कमलामाई नगरपालिका –१२ स्थित कुण्डेश्वर मा.वि बेसारेबेसीको ५६ औं बार्षिक उत्सब तथा अबिभावक दिवसको अवसरमा मेयर पोखरेलले विकासको मेरुदण्डको रूपमा शिक्षालाई स्वीकार गरी प्राथमिकताका साथ काम थालनी गरेको बताउनुभयो । सबै विद्यालयको अवस्था सुधार नभएसम्म शैक्षिक उपलव्धि हासिल नहुने तर्क गर्दै भौतिक पूर्वाधारलाई निरन्तरता दिँदै शैक्षिक विकासलाई प्राथमिकतामा राखी काम थालनी भएको पोखरेलले बताउनुभयो ।

शिक्षकहरूलाई समयमै उपस्थित हुने, विद्यालय सफाई, विद्यार्थीको पठनपाठनलगायतका विषय समेटेर नगरपालिकाबाट सबै विद्यालयलाई परिपत्रसमेत गरेको पोखरेलले बताउनुभयो । विद्यालयको शैक्षिक विकासलाई महत्वपूर्ण स्थान दिएर रणनीतिक योजना तर्जुमा गर्नेगरी बजेट पनि विनियोजन गरेको पोखरेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘सबै विद्यालयको स्थानीय सरकारले अनुगमन गरी वास्तविकता पहिचान गरी शैक्षिक सुधारको योजना तर्जुमा गर्ने तयारी भइरहेको र छिट्टै नगरपालिकाको शैक्षिक रणनीतिक योजना बनाउँछौँ ।’ जिल्लामा शैक्षिक अवस्था सुधारका लागि धेरै काम गर्न बाँकी रहेकाले नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखी काम गरिरहेको पोखरेलले बताउनुभयो ।

कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा वडा–अध्यक्ष भिम बहादुर गुर्मछानको अध्यक्षतामा सोमबार बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । ५६ औं बार्षिक उत्सवको अबसरमा बिद्यालय परिसरमा कमलामाई नगरपालिकाको सहयोगमा निर्माण हुन लागीरहेको सरस्वती मन्दिरको समेत नगरप्रमुख पोखरेलले शिलान्यास गर्नुभएको छ । यसै अबसरमा मुक्तिनाथ अक्षयकोषबाट बिधालयमा अध्यनरत ५० बिद्यार्थीलाई जाडोको लागी न्यानो स्वेटर बितरण गरिएको छ भने, खेलकुद तथा विभिन्न बिधामा उत्कृष्ट हुने बिद्यार्थीलाई पुरस्कृत समेत गरिएको वडा अध्यक्ष गुर्मछानले बताउनुभयो । कुण्डेश्वर मा.बि २०२४ सालमा स्थापना भएको सामुदायिक बिद्यालय हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया