सिन्धुली – कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले फरार अभियुक्त साबिक कल्पबृक्ष गा.बि.स. ८ हाल मरीण गाउँपालिकापा वडा नं.३ बस्ने बर्ष ५० को बुद्धि भन्ने बुद्ध बहादुर गोलेलाई यही पुस १४ गत पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी)चिरन्जीवी दाहालले अभियुक्त गोलेलाई मरीण गाउँपालिकावडा नं. ४ साहन रंगशालाबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
बिसं २०५०साल असोज ०२ गते घटना घटाई कर्तव्य ज्यान मुद्दामा सम्मानित जिल्ला अदालत सिन्धुलीबाट मिति २०६६ साल असार १९ गतेको फैसलाले २० बर्ष कैद सजाय ठहर गरेको थियो भने गोले फरार थिए ।
पक्राउ परेका बुद्ध बहादुर गोलेलाई जिल्ला अदालत सिन्धुलीमा पेश गरी कैद भुक्तानको लागी जिल्ला कारागार सिन्धुली पठाईएको (डिएसपी)चिरन्जीवी दाहालले बताउनुभयो ।