बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

ट्रयाक्टरको ठक्करबाट सिन्धुलीमा बालिकाको मृत्यू

शनिवार , पौष १४, २०८०

सिन्धुली –सिन्धुलीको कमलामाई नगरपालिका–५ मधुटारमा ट्याक्टरको ठक्करबाट शनिबार एक बालिकाको मृत्यू भएको छ ।

सिलामेबाट सिन्धुली बसपार्क तर्फ आउदै गरेको ना ५ त ९५१० नम्बरको ट्याक्टरले कमलामाई नगरपालिका–५ निवासी बल कुमार श्रेष्ठको ५ बर्षिय छोरी निर्जला श्रेष्ठलाई ठक्कर दिई घाईते बनाएको र निजको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।

ट्याक्टरका चालक कमलामाई नगरपालिका–५ का गोपी वाईवा र ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको साथै घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया