सिन्धुली – सिन्धुलीमा मोटरसाईकल दुर्घटना हुदा तीन जना घाईते भएका छन् । बिपि राजमार्ग स्थित सुनकोशी गाउँपालिका –१ देबिथानमा मोटरसाइकल बुधवार दिउसो २ः४० बजे दुर्घटना हुँदा मोटरसाइकलमा सवार तिन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र. ०२– ०२७ प १०८९ नम्बरको मोटरसाइकल र बिपरित दिशा सिन्धुलीबाट काठमाडाँै तर्फ जाँदै गरेको प्र २–०४–००१ प २५५२ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना घाइते भएको ा प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक रामेछाप लिखु तामाकोशी गाउँपालिका –६ बस्ने बर्ष २३ का जीवन तामाङ र सोही मोटरसाइकलको पछाडी बस्ने बर्ष २३ का दोर्जे तामाङको टाउको, हातखुट्टा र शरिरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते हुनु भएको छ ।
उक्त दुर्घटनामा सिन्धुलीबाट काठमाडौ तर्फ जाँदै गरेको मोटरसाइकलमा सवार सिन्धुली तिनपाटन गाउँपालिका –११ घर भइ हाल महोत्तरी बर्दिबास नगरपालिका –१ बस्ने अन्दाजी बर्ष ३८ का खुशीराज काफ्ले गम्भीर घाइते हृुनु भएको छ । काफ्लेको दाहिने खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ ।
घाइतेको थप उपचारको लागी धुलीखेल अस्पताल पठाइएको र दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।