बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा दुर्घटना: दुईको मृत्यु, राजमार्ग अवरुद्ध

सोमवार , पौष ९, २०८०

सिन्धुली– सिन्धुलीमा सोमबार बिहान मोटरसाइकल र बस एकआपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ । विपी राजमार्गस्थित जिल्लाको सुनकोशी गाउँपालिका ३ बोहोरेटारमा सडक दुघटनामा परि एकजना महिला र एक पुरुषको मृत्यु भएको छ । मन्थलीबाट काठमाडौँतर्फ जादैँ गरेको बागमती प्रदेश ० ००६ ख ४५९३ नम्बरको बस र काठमाडौँबाट पुर्वतर्फ आउदैँ गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवि दाहालले बताउनुभयो । दुर्घटनामा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका १० कि १८ वर्षिय मुनाकला राईको मृत्यु भएको छ भने मोटरसाइकल चालकको पहिचान खुल्न नसकेको डिएसपि दाहालले जानकारी दिनुभयो ।

त्यस्तै, विपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । मोरसाइकल, बस र रामेछापको मन्थली नगरपालिका १३ का २४ वर्षिया बस चालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको डिएसपि दाहालले बताउनुभयो ।

प्रतिक्रिया